निषेधाज्ञासँगै कोरोना भाइरस संक्रमित परीक्षणमा, काठमाडौंका मेयर पोजेटिभ

१५ भदौ २०७७ काठमाडौं ।पछिल्लोपटक उपत्यकाका ३ जिल्लामध्ये काठमाडौं जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ ।विगतमा विदेशबाट फर्केका बाहेककालाई संक्रमण थिएन् तर अहिले समुदायमा नै रोग संक्रमितहरुको संख्या अधिक देखिएपछि संख्या बढेर गएको हो । भदौ ३ को निषेधाज्ञा अघि काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। निषेधाज्ञाको सुरु वातीसँगै हरेक दिन संक्रमितको संख्या बढ्दै गएर भदौ १४ गते आइतबार सबैभन्दा धेरै ४२९ जनामा संक्रमण पुष्टि भएको थियो।काठमाडौं उपत्यकाको निषेधाज्ञा सोमबार १२ औं दिनसम्म आइपुग्दा बाहिरी आवागमन तथा आन्तरिक रुपमा बन्द जे भएपनि संक्रमित वृद्धिदर हेर्दा स्थिति भयानक देखिदै गएको जनस्वास्थ्यविदहरुले बताउन थालेका छन्।उपत्यकामा अहिले कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५ हजार माथि रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांक अनुसार काठमाडौंमा ३ हजार ९ सय २०, ललितपुरमा ५ सय ४४ र भक्तपुरमा ४ सय २० जना कोरोना भाइरस संक्रमित रहेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेका संक्रमितमा व्यवसायी, कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षाकर्मी लगायत रहेका छन्।काठमाडौंका नक्साल, कोटेश्वर, कलंकी, कालिमाटी र बानेश्वर क्षेत्रमा संक्रमितको संख्या धेरै रहेकाले यी क्षेत्रहरुमा धेरै सतर्कता अपनाउनु पर्ने मन्त्रालयले दाबी छ ।
कन्ट्याक्ट ट्रेसिङमा फेला परे पनि व्यापक परीक्षण भने अहिलेसम्म हुन सकेको छैन। उपत्यकामा फेला परेका संक्रमितमध्ये पछिल्लो दिन लक्षण भएका संक्रमित धेरै देखिन थालेका छन्। अहिले २० प्रतिशतसम्म लक्षण भएका संक्रमित फेला परेका छन् । भदौ १५ गते सोमबार काठमाडौंमा संक्रमितको संख्या केही देखिए पनि उपत्यकामा मात्रै भदौ १ गते यताको स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा संक्रमणको अवस्था भयावह हुँदै गएको देखिन्छ।

पन्ध्र दिनको संक्रमित दर हेर्दा भदौ १ गते १६८ जनामा देखिएको संक्रमण २ गते २०५ जनामा पुगेको थियो भने ३ गते घटेर १५९ मा मात्र देखिएको थियो।भदौ ४ गते फेरि त्यो संख्या बढेर २०० जनामा पुग्यो। त्यसैगरी भदौ ५ गते १८२ जना र ६ गते २१६ जनामा देखिएको संक्रमण ७ गते घटेर १५६ जनामा मात्र देखिएको थियो। त्यस्तै ८ गते संक्रमित हुनेको संख्या २२४ मा पुग्यो भने ९ गते २३२ जना, १० गते ३०१ जना, ११ गते ३७७ जना र १२ गते ४१५ मा पुग्यो। त्यसपछि भदौ १३ गते घटेर १८६ जनामा मात्र देखिएको संक्रमितको संख्या भदौ १४ गते ४२९ जनामा पुगेको थियो।
तर भदौ १५ गते सोमबार भने काठमाडौं उपत्यकामा २९८ जनामात्रै संक्रमित भेटिएका छन्। घटेको संख्याकै आधारमा अब संक्रमण कम भयो भन्न नसकिने र संक्रमितको संख्या घटेको दिन पीसीआर परीक्षण पनि कम गरिएको हुन सक्ने भएकाले त्यस्तो देखिन आएको हुन सक्ने विज्ञहरुले आकलन गरेका छन्। दुई दिन अघि काठमाडौंको मेयरको स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभको रिपोर्ट दुई दिन पछि आएपछि अहिले उनी आइसोलेसनमा रहेका र परिवारको भने रिपोर्ट नेगेटिभ आएको उनका सचिवालय श्रोतले जानकारी गराएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like