१५ भदौ २०७७ काठमाडौं ।नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु सुरु भएको बताइएको छ ।श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं ल्याउदै गरेकाे अवस्थामा ती स्वास्थ्य कर्मीको सिन्धुलीमा मृत्यु भएको बताइएको हो ।मृतकको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरी जनकपुरमा पठाइएको थियो ।उनको पुनः रिपोर्ट पोजेटिभ आए पछि उनकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे पुष्टि भएकाे छ।
मृतक महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट रहेको खबर हाम्रो अनलाइन लगायत विभिन्न अनलाइन पत्रिकामा प्रकाशित छ ।