भदौ मसान्तसम्म लामो दुरीका यातायात र उडान बन्द हुने

भक्तपुर गठ्ठाघर हाइवे
१५ भदौ २०७७ काठमाडौं।हालै बसेको मन्त्री परिषदको बैठ्कले लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको बुझिएको छ ।बैठ्कले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लब्याउने निर्णय गरेको हो ।गत साउन महिनाबाट शैक्षिक सत्र सुरु गर्ने मनसाय राखेको सरकारले भदौ १५ गतेबट स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु खोल्ने भनेपनि त्यसलाई अब भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ । विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि भने सरकारले श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको समयावधि थप्ने नथप्ने भन्नेबारेमा उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठ्क चलेको खुल्न आएको छ।बैठ्कले मेयरहरुको राय सुझाव का आधारमा निषेधाज्ञा कार्यहरु बढाउने जनाइएको छ । भदौ ३ गते सुरु भएको दोस्रो चरणको (लकडाउन)निषेधाज्ञा १० गते सकिदैं गर्दा समय थपिएर भदौ १७ गते पुगेको छ । महामारी बढेसँगै १ वा २ हप्ता निषेधाज्ञा थप्नेबारे मेयरस्तरको छलफलपछि निर्णय हुने जानकारीमा आएको छ ।

यो पनि पढ्नुहोस्:-

लकडाउनको सुरुवाती चरणमा सस्तीएको तरकारीको भाउ ह्वात्तै बढेको छ । तरकारी बजारमा गोलभेडा प्रतिकिलो ८० देखि ११० र आलु १५०-२२० सम्म पुगेको छ । विगतमा प्याजको भारी मूल्य वृद्धि हुँदा प्रतिकिलो १२० सम्म पुगेको थियो भने हाल ५०-६० रुपैयाँमा बिक्री वितरण गर्दै आएको ललितपुरका तरकारी पसले नारायण श्रेष्ठले बताए ।उनले आलुचाहिं कुखुराको मासु बराबर मूल्य भएको र अरु तरकारीको भाउ बिक्री पनि पहिले भन्दा केही हेरफेर भएको न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like