गाडी नचलेपछि काठमाडौँ शान्त, घरबाहिर फाट्टफुट्ट पैदलयात्री

१४ भदौ २०७७ काठमाडौं ।कोरोना संक्रमितहरुको संख्या एक्कासी बढी रहेकाले सरकारद्वारा गरिएको दोस्रो लकडाउन(निषेधाज्ञा)को बाह्रो दिन काठमाडौं उपत्यकामा शान्त रहेको छ । घरबाहिर फाट्टफुट्ट मात्रामा पैदलयात्री र सवारी साधन चलेको देखिन्छ । काठमाडौंको थापाथली,सुन्धारा, शहीद गेट लगायत ठाउँका सडकमा फाट्टफुट्ट अत्यावश्यक सवारी साधन चलेको देखिएको हो । सुरक्षाकर्मीले अत्यावश्यक सवारी पास भएका बाहेक अरु सवारी साधनलाई कडाइ गरेपछि सवारी साधनहरु सडकमा नचलेको बताएको छ । मेडिकल, खाद्य पसल,पानी र तरकारी पसलहरु मात्र निश्चित समयका लागि खुलेका छन् भने तरकारी पसले अनि पैदलयात्रीहरु समेत सडकमा सचेत भएर हिंड्न थालेका छन्।

सुरक्षा कर्मीले थापाथली, सिंहदरबार, भद्रकाली, त्रिपुरेश्वर लगायतका स्थानमा खुब निगरानी गरेर मात्र चल्न दिएको छ । त्यस्तै ललितपुरका हात्तीवन, लगनखेल, जावलाखेल, पुल्चोक, ग्वार्को, मंगलबजार, बालकुमारी लगायतका क्षेत्रमा पनि प्रहरी चेकपोष्टले कडा गरेको छ ।लकडाउन कडा भएसँगै बिनाकाम घर बाहिर डुल्नेहरुमा कमी आएको छ । पहिलो चरणमा भएको लकडाउन अवधिमा सडकमा हल्लिएर बरालिएर हिड्न खोज्नेहरु पनि यो महामारीमा आफै सचेत बनेका छन्। सरकारले भदौ ३ गते सुरु गरेको एक हप्ते लकडाउनको समयसीमा सकिएलगत्तै पुन: १७ गते सम्मको लागि थप गरेको छ ।यस अवधिमा उद्योग, कलकारखाना,स्कुल र सरकारी अफिसहरु समेत बन्द रहेका छन्।पाटनका भित्री गल्लीमा भने साँझपख अत्यावश्यक सामग्रीको खरिद बिक्रीका लागि बाक्लै मानिसहरु हिड्ने गरेको एक स्थानीयले बताएका छन्।उनी थप्छन्-लकडाउनले कामधन्दा बन्द छ अब मामधन्दा मात्र बन्द हुन बाँकि छ ।


newskiran.com

newskiran.com

You May Also Like