चिकित्सक र स्वास्थ्यकर्मीलाई डेरामा आउन जान नदिए कारवाही:गृह मन्त्रालय

१४ भदौ २०७७ काठमाडौं ।
गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना भाइरस संक्रमित महामारी नियन्त्रणमा खटिएका चिकित्सक र स्वास्थ्य कर्मीहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका सह-सचिव/प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी २०७७ भदौ १२ गतेको विज्ञप्तिमा मार्फत सो निर्देशन दिइएको हो । प्रेस विज्ञप्तिमा यदि कसैले माथिका कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल फ्रि नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्न भनिएको छ ।केही स्थानीयवासीको खल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरूलाई दुव्र्यवहार गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिनुपरेको जनाएको छ ।

newskiran.com

newskiran.com

You May Also Like