गोदावरीमा ६८ र महालक्ष्मीमा ११९ संक्रमित

१३ भदौ २०७७ काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा ६८ र महालक्ष्मी नगरपालिकामा ११५ जना कोरोना संक्रमित बनेका छन्। महालक्ष्मीमा हालसम्म एकजनाले कोरोनाबाट ज्यान गुमाएका छन् । गोदावरी नगरपालिका वडा नं १०,११,१२ बाट ६८ जना संक्रमित रहेको नगर प्रमुख गजेन्द्र महर्जनले भदौ १२ गते जारी गरेको सूचनामा उल्लेख छ । सूचना अनुसार निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा काम बाहेक घर ननिस्कन पनि भनिएको छ । गोदावरी नगरपालिका का अन्तर्गत टौखेल,दमाइटार क्षेत्रमा यस अघि संक्रमित भेटिएको र शिल गरिएको एक स्थानीयले न्युजकिरण डटकम अनलाइन खबरलाई बताए । प्राय: संक्रमित सुमेरु,पाटन लगायतका हस्पिटलमा कार्यरत स्टाफमा भएको उनले बताए । महालक्ष्मी नगरपालिकामा भने विदेशबाट फर्केकाहरुलाई संक्रमण भएको पाइएको छ।

यो पनि पढ्नुहोस्

बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयले यही अंग्रेजी वर्ष २०२० को अन्त्य अर्थात आगामी पुस मध्यसम्म कोरोना भा इरस संक्रमणका कारण ४९ हजार २ सय जनाको मृत्यु हुने अनुमानको प्रक्षेपण गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गएको मे महिनामा नेपालमा देखिएका नयाँ के स, आयातीय के स र समुदायस्तरको सं क्रमण, नेपालमा ल कडाउनको अवस्था, त्यतिबेलाको सं क्रमण वृद्धिदर तथा मृत्युदरका आधारमा तथ्यांकको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेको छ । अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट बेलायत सरकारको डिपार्टमेन्ट अफ फरेन डेभलपमेन्ट (डिएफआइडी) अन्तगर्तको विभाग हो ।

बेलायत सरकारको आधिकारिक वेबसाइट जीओभी डट युकेमा प्रकाशित शोधपत्रमा शोधकताृहरु प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता तथा डा. राशिद जमानले नेपालमा सं क्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई तीन फरक–फरक सुरक्षात्मक उपायको आधारमा वर्गीकरण गरेका हुन् । यो अध्ययन गर्दाका समयमा नेपालमा लागू गरिएको लकडाउनको प्रतिबन्ध ८ देखि १० हप्तामा हटाइने, ८ देखि १० हप्ता पूरा भएपछि थप २६ दिनसम्म लम्ब्याइने र २६ हप्तासम्म प्रतिबन्ध लगाइएपछि पनि थप कडाइका नियमहरु लागू गरिने आधारमा तीन किसिमको नतिजाको अनुमान प्रक्षेपण गरिएको हो ।

अध्ययनमा ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ । न्यून अ वरोध रणनीतिमा ल कडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको छ । यसो गर्दा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत भा इरसबाट सं क्रमित हुने र ४९ हजार २ सयको मृ त्यु हुने प्रक्षेपण गरिएको छ । यद्यपि शोधपत्र लेख्ने समयमा यो समयअवधि तोकिएको भए पनि नेपाल सरकारले थप २ हप्ता पूर्ण क डाइ गरेको थियो । यो अवरोध रणनीतिमा सुरुमा प्रतिबन्ध लगाइएको अवधि समाप्त भएपछि थप २६ हप्तासम्म स्कुलहरु पूर्ण रुपमा बन्द गर्ने र हात नियमित धुनुका साथै बाहिरबाट आउने केसलाई थप २६ हप्तासम्म सीमित गर्ने (सीमा र अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने) गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ । यद्यपि यो सुरक्षाको उपायमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र त्यही घरमा बस्ने अरुलाई होम क्वारेन्टाइनमा राख्ने तथा सामाजिक दूरीको क डाइका साथ पालना हुने शर्तमा छुट दिने मापदण्ड तय तरी नतिजाको प्रक्षेपण गरिएको छ । उच्च अवरोध रणनीतिमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र त्यही घरमा बस्ने अरुलाई होम क्वारेन्टाइनमा राख्ने शर्त पनि थप गरिएको छ । साभार डिसी नेपाल

newskiran.com

newskiran.com

You May Also Like