नेपालमा मोबाइलको प्रयोग र सिम जानकारी


११ भदौ २०७७ काठमाडौं । अहिले सारा नेपालीहरु मोबाइल बिना बाँच्नै नसक्ने परिस्थितिमा पुगेका छन् ।अझ शैक्षिक जगतमा वा विज्ञान र प्राविधिकको क्रियाकलाप मोबाइलबाट नै अवलोकन गर्ने चलन बढ्न थालेको छ ।कोरोना भाइरस संक्रमणले विश्वलाई आक्रान्त पारेको छ । ती देश विदेशका खबर र घटना जानकारीमा ल्याउन सव से बढी मोबाइलकै प्रयोग भएको पाइन्छ ।जुम मिटिङ मार्फत संसारको एक कुनाको मानिस र अर्को कुनाको मानिस बीच सौहार्दपूर्ण तरीकाले बैठक तथा कुराकानी मोबाइल कै सहाराले हुने गर्दछ ।२००७ सालबाट रेडियो र ०४१ सालदेखि नेपालमा टेलिभिजन संचालनार्थ रहेता पनि अधिकांशको सूचना र मनोरञ्जनको रोजाइलाई विभिन्न किसिमका मोबाइलले साथ दिएको बुझिन्छ ।सुरुका वर्षहरुमा सिमकार्डको मूल्य २ हजार,१७ सय,११ सय,२ सय हुदै हाल १ सय रुपैयाँमा सहज रुपमा उपलब्ध छ ।विगतमा चलेका मोबाइलहरु नोकिया सेट, सिडिएमएका लागि इन्डिकम, कलर्स, ब्याक बेरी,हुए,एमओई,एप्पल, स्यामसुम,ओपो,भिवो र विकिमा सेट सम्म आइपुग्दा विभिन्न आइप्याडको रुपमा पनि विकसित हुँदै गरेको सामान्यार्थ लाग्न थालेको छ ।जे होस् साठीको दशकमा जन्मेकाहरुलाई मोबाइल पृष्ठ भूमिकको जानकारी गराउने उद्देश्यले नेपालमा मोबाइलका लागि चाहिने सिमको सुरुवात कहिलेदेखि अनि कसरी भयो भन्नेबारे केही जानकारी:-



यो पनि पढ्नुहोस्

त्यसो त विश्व कै इतिहासमा मोबाइलको प्रयोग पनि त्यति पुरानो मान्न सकिन्न । अमेरिकाम,बेलायत, फ्रान्स, फिनल्याण्ड,चिन,जापान,भारत लगायतका देशमा बनेका मोबाइलले हाल बजार तताइ रहेका छन्।

newskiran.com

newskiran.com

You May Also Like