निषेधाज्ञा (लकडाउन)को निरन्तरता १७ गतेसम्म


१० भदौ २०७७ काठमाडौं ।काठमाडौं,ललितपुर र भक्तपुरका गठित (नगर फोरम)को मंगलबार बसेको बैठ्कले निषेधाज्ञालाई
भदौ १७ गतेसम्म निरन्तरता दिने भएको छ । उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको बैठ्कपछि उपत्यकामा निषेधाज्ञा थप एक हप्ता निरन्तरता दिने भएको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जारी निषेधाज्ञा १७ भदौ राति १२ बजेसम्म लम्व्याउने निर्णय भएको बताएका छन् । भदौ ३ देखि जारी भएको निषेधाज्ञा १० गते बुधबार राति १२ बजेबाट सकिदै थियो ।

उपत्यकामा रहेका(नगर फोरम) नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठ्कले यसअघि पनि काठमाडौँ, भक्तपुर र ललितपुरमा एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो।सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मंगलबार जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएको थियो ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने,
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्ने बताइएको छ ।यस अघि गत चैत ११ गते सुरु भएको लकडाउ पटकपटक म्याद थप्दै साउन ७ गते सम्म जारी भएको थियो । भदौ ३ गते दोस्रो चरणको लकडाउन सुरु भइ १० गते म्याद सकिएसँगै थप गरेर १७ गते सम्म लागू हुने भनिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like