धानखेती मौलाउँदै, किसानहरु रमाउँदै


९ भदौ २०७७ काठमाडौं । महालक्ष्मी नगरपालिकामा गतसाल भन्दा धानखेती राम्रो भएको छ । सिद्धिपुरका एक किसान भन्छन्-गतसाल भन्दा यसपालि धान खेती राम्रो भएको हो ।धान खेती राम्रो भएपछि किसानहरु रमाउन थालेका छन् । गतसाल धान रोपाइँ गर्न वा गोड्न खेताला पाउनै मुस्किल थियो । यसपालि लकडाउनले होला किसानका घरभरि मान्छे छन् । खेताला नपाइएला भन्ने चिन्ता पनि छैन् । काम नपाएर कयौं ज्याला मजदुरी खेतालाहरु काम सोध्न आउँछन् । बेला बेलामा पानी परिरहेको छ । गतसाल पहेंलो देखिने धानका गरागरामा यसपालि हरियाली छाएको छ ।३०-३२ सालतिर कृषि एक नम्बरमा पर्थ्यो । व्यापार दुई नम्बर र जागिर तेस्रो ? ०४९ सालपछि जागिर एक नम्बर, व्यापार दुई नम्बर र कृषिलाई तेस्रो दर्जाका रुपमा हेरिंदै आएको स्थानीय किसानहरु बताउँछन् । अहिले लकडाउनले गर्दा कृषि कर्मलाई एक नम्बरमा हेरिन थालेको त होइन तर किसानहरुको मिहिनेत भने एक नम्बरको भएको देखिन्छ ।

उपत्यकामा कृषि कर्मका लागि खेती योग्य जमिन ठाउँ हो।तर बढ्दो सहरीकरण व्यवस्थाले खेतका कान्ला हुन वा गरागरामा घर निर्माण भइरहेका छन् । छिमेकी जिल्ला भक्तपुरले उपत्यकामा बसोबास गर्ने बाहेकका मानिसहरुलाई घरजग्गा खरिद बिक्री नगर्ने भनेका छन् । ललितपुर जिल्लाले भने भट्टा निषेधित क्षेत्र घोषणा गर्ने मनसायपत्र हालै जाहेर गरेको बुझिएको छ । त्यसो त सानागाउँ देखि फर्सिडोल अनि सानागाउँ देखि नयाँ बस्ती सम्मको तरकारी खेतीका लागि भनेर छुट्याइएका खेती योग्य जमिन बिस्तारै बस्तीमा परिणत हुन थालेको देखिन्छ ।

४,५ वर्ष अघि सम्म भट्टा क्षेत्रतर्फ पनि खासै बस्ती तथा घरहरु बनेका थिएनन् । सडक वरपरका खेतमा पानी पर्दा छिनमै बाढी भएर खेतभरी जमिहाल्थ्यो । दिउँसो किसानहरु खेतीपातीको चहलपहलमा देखिए पनि रातमा शून्य लाग्ने बस्ती
हाल जग्गा बिक्री वितरण हुँदै घरहरु निर्माणका साथ देख्न सकिन्छ । अन्नबाली, तरकारी खेती र पशुपालनका लागि उचित मानिने ठाउँ आजभोलि बढ्दो सहरीकरणले छोएको छ ।
खेतीयोग्य जमिनको ह्राससँगै स्थानीय किसानहरुको परम्परित पेशा पनि बदलिएको छ । बूढा पाका खेतीपाती भन्दा मसिना किराना पसल थापेर घर कुर्न थालेका छन् भने युवापुस्ता आफ्नो पेशा व्यवसाय सँगै देशविदेशमा धाउने गरेका छन् ।


newskiran.com

newskiran.com

You May Also Like