७ भदौ २०७७ काठमाडौं । ललितपुर जिल्लामा संचालित अधिकांश बोर्डिङ स्कुलले वैशाख देखि तलब नदिंदा शिक्षकहरु मारमा परेका छन्।गत चैत महिनामा लकडाउन सुरु भएयता अधिकांश बोर्डिङले शिक्षक/शिक्षिकाहरुको वैशाख महिना देखि कै तलब दिएका छैनन् । फाट्टफुट्ट बोर्डिङले आधा महिनाको तलब खुवाएका छन् भने कतिपय स्कुलले विद्यार्थी भर्ना पछि तलब खुवाउने भनेका छन्। शिक्षकहरुले बोर्डिङबाट तलब नपाएपछि कोठाभाडा तिर्न र खानलाई पैसाको अभाव भइ उनीहरु मारमा परेका हुन् । इष्टुका राष्ट्रिय समिति अध्यक्ष होमकुमार थापाले शिक्षकलाई जागिरबाट निकाल्न र तलब नदिन नपाइने भनेका छन्। प्याब्सन र एनप्याब्सनले भने सरकारले लकडाउन गरेर बोर्डिङ संचालन गर्न नदिएकाले उचित क्षतिपूर्तिको माग समेत दाबी गरेको छ ।त्यसो त एक बोर्डिङ स्कुलले एक सरकारी स्कुल हेर्ने प्रावधान सहित अनलाइन कक्षालाई सरकारी र बोर्डिङ दुवैमा सरकारले मान्यता नदिएको होइन् । सामाजिक सुरक्षा कोषमा आवद्ध भएका बोर्डिङ स्कुललाई मागदाबी जायज भएमा सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सक्छ । अधिकांश बोर्डिङ स्कुलहरुले शिक्षक शिक्षिकाहरुलाई नियुक्ति पत्र नदिइ काममा लगाएकाले ती स्कुलहरुलाई न सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सजिलो छ न सरकारबाट क्षतिपूर्ति मागदाबीको नै? अझ केही बोर्डिङका झन्झटिलो पक्ष भनेकै कम्पनी ऐन वा संस्थान ऐन अन्तर्गत रहेर संचालित हुनेमा छ । वर्तमान शिक्षा ऐन र विद्यालय विनियम परिधिभित्र रहेर केही बोर्डिङ चल्न प्रयासरत छन् तर कतिपय राजनीति पार्टीका नेताहरुले खोलेका व्यवसायिक बोर्डिङहरु हुनाले फरक तरीकाले चलेका पनि देखिन्छन्।
ललितपुर जिल्लामा युलेन्स, एल ए,जेम्स, सेन्ट जेभियर्स,रातो बंगला, प्रिमियर,डि ए भी,सेन्ट मेरिज,शुभतारा,डनबक्सो,आइजेपायोनियर, युनाइटेड,ग्यालेक्सी आदि नाम चलेका बोर्डिङ स्कुल हुन्। शिक्षक शिक्षिकाहरुलाई सरकारी तलबमानमा २५% थपेर दिइने विद्यालय विनियम रहेका यस्ता ठुला बोर्डिङका प्रधानाध्यापक र शिक्षकका सांगठनिक नेताहरुले राजनीति गर्दा मसिना बोर्डिङहरुलाई मार परेको मझौला बोर्डिङहरुको तर्क छ । सरकारी स्कुलका शिक्षकहरुले समेत बोर्डिङ स्कुलले विगतमा कमाएको मुनाफाबाट वर्तमान संकटमा शिक्षक शिक्षिकाहरुलाई तलब दिएर खुशी पार्नु पर्ने बताएका छन्।सिस्नेरी स्कुलका सह प्रधानाध्यापक उमेश मन्डलका अनुसार कि बन्द गर्नु पर्यो नभए पूरै महिनाको तलब दिएर शिक्षक शिक्षिकाहरुलाई बोर्डिङ स्कुलले खुशी पार्नु पर्ने तर्क गर्छन् । महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष कैलाश मल्ल भन्छन्-हाम्रा शिक्षक शिक्षिकाहरुलाई तलब दिएर खुशी पार्न विद्यार्थीसँग शुल्क नलिइ हुँदैन्। प्याब्सन केन्द्रीय सह अध्यक्ष डिके ढुङ्गानाले भने तलब जति दिन सकिन्छ तर शिक्षकले प्रधानाध्यापक र स्कुलको मर्मचाहिं बुझ्नु पर्छ ।घर हुने शिक्षक शिक्षिकाहरुले कोठाभाडा र खानामा खर्च गर्नु नपरेपनि कोठाभाडा लिएर बसेकाहरुलाई घरबेटीले भाडा नछोड्ने र कतैबाट खानपानमा सहयोग नहुनाले तलबको निरन्तरता अपरिहार्य रहेको इष्टुका ललितपुर उपाध्यक्ष विष्णु आले बताउँछन्।