बहिनीको छोराको हत्या अभियोगमा दिदी पक्राउ

५ भदौ २०७७ काठमाडौं ।तीज मान्न माइत गएकी एक महिलालाई आफ्नै बहिनीको चार वर्षको छोराको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाको सुनेकोशी गाउँ पालिका–६ पारामा चार वर्षीय बालकको ज्यान लिएको अभियोगमा सो महिलालाई पक्राउ गरेको हो । तीज मान्न माइत गएको समयमा आफ्नै बहिनीको चार वर्षीय छोराको हत्या गरेको आरोपमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।बहिनीसँगको रिस फेर्न उनले छोराको ज्यान लिएको प्रहरी अनुसन्धानवाट खुलेको छ । उनी तीज मान्न भन्दै गत साउन २ गते माइत गएकी थिइन् ।

छोराको ज्यान लिएपछि उनले घटनामा आफ्नो संलग्नता नदेखियोस् भनेर घरमा मृत फेला परेको भन्दै शव देखाएकी थिइन् । जुनुको बहिनीसँग लामो समय देखि विवाद चलेको थियो । विवादका बीचमा उनले छोराको ज्यान लिने धम्की पनि दिदै आएकी थिइन् ।त्यस्तो धम्की दिने गरेको स्थानीयले पनि सुनेको बताइएको छ । बहिनी केही समय देखि माइतमा बस्दै आएकी थिइन् ।सिन्धुलीको फिक्कल गाउँपालिका–१ सोखु घर भइ माइती बस्दै आएकी बहिनी सम्झना दर्जीका ४ वर्षीय छोरा भदौ २ गते मृत फेला परेका थिए । २ गते दिउँसोदेखि हराएका बालक मामाघरकै पसलकोठामा साँझ मृत फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । बालकका हजुरवुवाले नै छोरीले ज्यान लिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । यो खबर तुफान पोष्टमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like