मन्दिर र पार्कमा चहलपहल घट्दै


३१ साउन २०७७ काठमाडौं ।कोरोना भाइरस संक्रमण अत्यधिक बढेको उपत्यकामा लकडाउन कडाइ भएसँगै मन्दिर र पार्कमा चहलपहल कम हुन थालेको छ । शनिबार सानो खोकना अन्तर्गत सिकाली पार्कमा विगत भन्दा चहलपहल घटेको एक यात्रीले बताए । मन्दिर परिसरमा घुमफिर गर्न आउने युवायुवती र आन्तरिक पर्यटकहरु हुन्। उनीहरुलाई पार्कमा प्रवेश गर्दा बंगुरको मासु र कुखुरा अन्डा लगायतका पकवान निषेध गरिएको छ । पार्क सुन्दर र शान्त रहेकाले परिसरमा आनन्द प्राप्तिका लागि त छँदैछ मन्दिर दर्शन समेत गर्न पाइने हुनाले दर्शन र फोटो खिच्नका लागि दर्शनार्थीको भीडभाड बढ्ने गरेको छ ।
स्मार्ट सिटीको अवधारणा लिएर अघि बढेको पर्यटकीय नगरी खोकना भैंसेपाटीमा केही समय अघि फास्ट ट्रयाकको विरोध गर्दै किसानहरुले सडक जग्गामा धानसमेत रोपेका थिए ।सही मुआब्जा नदिएको र संस्कृति र सम्पदामाथि हस्तक्षेप भएको भन्दै स्थानीय किसानहरुले संघर्ष गरेका थिए । प्राकृतिक सम्पदाको संरक्षण र नेवारी कला र संस्कृतिको जगेर्ना गर्न एकथरी लागेका छन् भने अर्कातिर विकास अपरिहार्य ठानेर स्मार्ट सिटी र फास्ट ट्रयाकको अवधारणा तेर्स्याएका छन्। हेर्दा सुन्दर लाग्ने यस भूमिको महिमागान गर्नेहरुले भने विकासलाई नै गति दिंदा सही हुने ठानेका छन् ।


newskiran.com

newskiran.com

You May Also Like