आज मिति २०८१ बैशाख ३ गते सोमबार राशिफल हेर्नुहोस्

आज वि.सं.२०८१ साल वैशाख महिनाको ३ गते सोमबार, चैत्र शुक्लपक्षको सप्तमी तिथि ।

मेष
शेयर बजारबाट केही फाइदा मिल्ने छ । पेशागत जीवनमा पनि चुनौतिपूर्ण अवस्था आउने छ । मनमा दुविधाले सताउँदा व्यक्तित्व पनि दोहोरो खालको हुने छ जसले गर्दा अरुले शंकाको दृष्टिकोणबाट हेर्ने छन् । रिस नियन्त्रण गर्ने प्रयास गर्नु होस् ।

वृष
शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनका कुरा अरुलाई भन्न मन नलाग्ने स्वाभाव हुने छ । पारीवारिक जीवनमा किचलो र समस्याहरु देखा पर्ने छन् ।

मिथुन
शेयर बजार औसत खालको हुने छ । पेशागत जीवनमा चर्काचर्कीको अवस्था आउने छ । पेशागत क्षेत्रमा मनमा दुविधाका मात्रा बढ्न पुग्ने हुँदा समर्पण भावको कमि हुने छ । साझेदारीमा गरिएका क्षेत्रहरुमा द्वन्द देखा पर्ने छ । संयमित रहनु पर्ने समय रहेको छ ।

कर्कट
शेयर बजारबाट फाइदा मिल्ने छैन् । पेशागत क्षेत्र चुनौतिपूर्ण देखिएको छ । त्यसैले पेशागत क्षेत्रमा संयमताका साथै लचक स्वाभाव बनाउनु उपयुक्त हुने छ । समय धेरै उत्साही भई हाल्ने खालको नरहेकाले धैर्य रहनु होला । आफ्नो लक्ष्य प्रति केन्द्रीत हुन भने मनमा दृढता आउने छ । साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ ।

सिंह
शेयर बजारबाट लक्ष्य अनुसार फाइदा हुन कठिन हुने छ । बौद्धिकता र बुझाइएको दायरामा फराकिलो आयाम आउने छ । पेशामा सकारात्मक मोड आउने छ । मनमा आउने दोहोरो विचारले निर्णय लिन कठिन बनाउने छ । साँचेर राखेको धन सम्पत्ति नोक्सान हुने वा त्यसलाई लिएर बिबाद चर्किने भएकाले सतर्क रहनु होला ।

कन्या
शेयर बजारमा अपेक्षा गरे जस्तो फाइदा मिल्ने छैन् । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने भएकाले सतर्क रहनु होला । पेशागत जीवनमा अरुसँग जुध्नु पर्ने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले अरुले पेल्ने छैनन् । मनमा आउने दुविधात्मक अवस्थाले भने व्यक्तित्वमा कमि गराउने छ ।

तुला
शेयर बजारबाट फाइदा मिल्ने छ । बौद्धिक र ज्ञानमार्गमा लागेकाहरुको जीवनमा उन्नति हुने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । विदेश यात्रा अनुकुल रहने छ । पेशागत क्षेत्रमा प्रतिष्पर्धीहरुबाट हुने तानातानको घानबाट गुज्रनु पर्ने छ । धेरै जोखिमपूर्ण निर्णयहरु गर्दा धेरै सोच विचार गरेर कदम चाल्नु पर्ने देखिन्छ ।

वृश्चिक
शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवन मध्यम अवस्थाबाट अघि जाने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले कसैसँग डर र त्रास लाग्ने छैन् । रिस पनि उच्च हुने भएकाले सतर्क रहनु होला । साझेदारीमा गरिएका काममा अड्चन र बिबाद आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ ।

धनु
शेयर बजारबाट सोचे जस्तो लाभ मिल्ने छैन् । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवन सकारात्मक बन्ने छ । मनमा देखा पर्ने अन्योलताले दुविधात्मक व्यक्तित्व बन्न जाने छ । पारीवारिक जीवनमा भने द्वन्दको अवस्था आउने छ । मनोबलमा कमि आउने छ ।

मकर
शेयर बजार मध्यम खालको रहने छ । पेशागत क्षेत्र पनि औसत खालको हुँदा न त उन्नति न त अधोगतिको अवस्थामा रहने छ । मनमा आउने नैराश्यताका कारण जोश तथा जाँगरको भने अभाव हुनेछ । भाग्यले साथ नदिएकाले ठुला जोखिमपूर्ण कदम भन्दा औसत जीवनलाई जारु राख्नु ठिक हुने छ ।

कुम्भ
शेयर बजारबाट लाभ मिल्ने छ । पेशागत जीवनमा पनि संघर्षमय क्षण आउने छ । आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुन मन लाग्ने छ । मनोबल भने कमजोर हुन जाने भएकाले अरुले कमजोर आँक्ने छन् । भाग्यहिनताका कारण मनमा उत्साहको कमि आउने छ ।

मीन
शेयर बजारबाट फाइदा मिल्ने छ । बौद्धिक प्रकृतिको पेशामा आवद्धहरुलाई शुभ रहने छ । अरुको हकमा औसत अवस्था रहने छ । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश पनि हुनु पर्ने छैन् । मनमा दृढताको मात्रा बढ्ने हुँदा उर्जाशिल व्यक्तित्व बन्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)