२० साउन २०७७ काठमाडौं ।कोरोना भाइरस प्रकोपबाट समस्या
आएकोबारे मंगलबार प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गरेका छन् । छलफलमा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलले त्यस्तो सुझाव दिएको हो।’छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राखेका छन् लकडाउन नगरेमा थप भयावह हुन सक्ने पनि उनीहरूले चेतावनी दिएका छन् । ‘कतिपय विज्ञहरूले त कर्फ्यू पनि लगाउन सुझाएका छन् । मंगलबार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू छलफलमा सहभागी थिए ।