पहिले हल्ला फैलाएर अहिले नियन्त्रण नभएर कोरोना बढ्यो: प्रवेश


१७ साउन २०७७ काठमाडौं । क्रान्तिकारी माओवादीका ३ नं प्रदेश सदस्य प्रवेशले पहिले सरकारले कोरोनाको हल्ला फैलाएर बढ्यो र अहिले नियन्त्रण नभएर बढेको धारणा राखेका छन् । शनिबार आफ्नो पार्टीको ललितपुर जिल्ला कमिटिको बैठ्कमा बोल्दै प्रवेशले रोगसँगै जनताको जनजीविकामा पनि रोग जस्तै समस्यारुपी भएर बढेको बताएका छन्। उनले यो हुनुमा राजनीतिक कारणले हो भन्ने धारणा पनि राखे ।१९ सदस्यीय जिल्ला कमिटिको बैठ्कले भावी कार्यदिशा र वर्तमान समयमा भएका राजनीतिक गतिविधि बारे छलफल गर्दै सकेको पार्टी स्रोतले न्युजकिरण डटकम अनलाइन लाई जानकारी दिएका छन्। बैठ्कमा प्रमुख अतिथि प्रवेश, त्यसैगरी जिल्ला इन्चार्ज क्षितिज अतिथिको रुपमा सहभागी थिए । उल्लेख पार्टी तथा पेशागत मोर्चाका प्रमुख रहेका जिल्ला सदस्यहरु बैठ्कमा उपस्थित थिए भने कार्यक्रमको संचालन जिल्ला सचिव दिपकले गरेका थिए ।सबै सदस्यले आ-आफ्नो जिल्ला गतिविधिबारे बैठ्कमा धारणा पनि राखेका थिए । सामाजिक एवम् भौतिक दूरी कायम राख्न बैठ्कमा सदस्यहरुलाई देजमो जिल्ला अध्यक्ष वर्षा र जिल्ला पार्टीका सचिवालय सदस्य केशवले निर्देशन गरेका थिए ।

newskiran.com

newskiran.com

You May Also Like