उपत्यका सवारी साधन प्रवेशमा कडाइ हुँदै


१७ साउन २०७७ काठमाडौं । राधानीभित्र कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले सवारी साधन आवतजावतमा कडाई गरेको छ । चार महिनापछि लकडाउन हटाउने घोषणा गरेको सरकारले पुनः सवारी आवतजावतमा कडाई गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएर कडाइ गरेको हो ।
भक्तपुर गठ्ठाघर हाइवे
उपत्यका प्रवेश गर्ने नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी उपत्यका प्रवेशमा रोक लगाएको छ । दिउँसो भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले उल्लेख गरेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like