तलब नपाएको भन्दै मजदुरद्वारा सडक संघर्ष सुरु


१६ साउन २०७७ काठमाडौं ।वैद्य निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमल्सिनाले लकडाउनले नेपाली मजदुरलाई भोकमरी बनाएको बताएका छन्। शुक्रबार राजधानीको माइतीघर-बानेश्वर सडक र्याली पछि गरिएको कोण सभालाई सम्बोधन गर्दै तिमल्सिनाले लकडाउनले मजदुरलाई भोकमरी बनाएको बताएका हुन।लकडाउनले हुनेखानेहरुलाई फाइदा गरेको तर गरी खाने वर्गका मजदुरहरुलाई समस्या दिएको बताए । विभिन्न प्लेकार्ड र ब्यानरसाथ गरिएको र्यालीमा सहभागीहरु जनता समाजवादी निकट नेपाल समाजवादी ट्रेड युनियन महासंघ, माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोण्ट), नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन र स्वतन्त्र ट्रेड युनियन महासंघ थिए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, नेपाल समाजवादी ट्रेड युनियन महासंघका लालध्वज नेम्वाङ, क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालका महासचिव मेघबहादुर खत्री, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोण्ट)का केदार गिरी, नेपाल ट्रेड युनियन फेडेरेसनका अध्यक्ष गंगाराम खड्गी, स्वतन्त्र ट्रेड युनियन महासंघका खगेन्द्र प्याकुरेलले सम्बोधन गरेका थिए ।

ट्रेड युनियनका नेताहरुले कोरोनाको त्रासदी र जारी लकडाउनले नेपाली मजदुर वर्गको जीवन अपुर्व संकटको स्थितिबाट गुज्रिरहेको र यही अवस्थामा मजदुरको तलब सुविधा कटौती, लाखौं मजदुर रोजगारीबाट निष्कासित, मजदुर हरुको आत्मदाह र मृत्युको स्थिति आउँदासम्म राज्य र सरोकारवाला निकायले मजदुरका समस्याको पहिचान, अध्ययन र वैज्ञानिक समाधान दिनुको सट्टा उल्टै मजदुरलाई धम्की, दमन र कारबाहीको नीति लिएका भन्दै त्यसको कडा विरोध गरेका छन्। उनीहरुले
मजदुर विरोधी सम्पूर्ण सम्झौताको भन्डाफोर गरौं, मजदुर वर्गको गाँस, बास, स्वास्थ्य, सुरक्षा र रोजगारी ग्यारेन्टी गर जस्ता नाराहरु लगाएका थिए ।

newskiran.com

newskiran.com

You May Also Like