उपत्यका भित्रिने रात्रीकालीन सवारी साधनमा पूर्ण रोक

१५ साउन २०७७ काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट भित्रिने रात्रीकालीन सवारी साधनलाई विहीबार साँझदेखि पूर्ण बन्द गर्ने निर्णय गरेको छ ।देशका विभिन्न भागबाट सवारी साधनमा काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुको कोरोना भाइरस सम्बन्धी परीक्षण हेर्दा ठुलो संख्यामा पोजेटिभ लक्षण देखिएपछि मन्त्रालयले साँझ ७ देखि बिहान ७ बजेसम्मका लागि पूर्ण बन्दको निर्णय गरेको हो ।
गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीद्वारा विहीबार हस्ताक्षरित प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

newskiran.com

newskiran.com

You May Also Like