महिलाहरु उद्यमी पुरुषसँग वैवाहिक सम्बन्ध गाँस्दै


१२ साउन २०७७ काठमाडौं । भारतीय नागरिक खानसँग नेपाली चेली पान्डेको २ वर्ष अघि काठमाडौंमा मागी विवाह भयो ।+२ पढेकी पान्डे बहिनी यतिखेर लुभुमा रहेको बाइक वर्कशपमा काम गर्छिन् । झट्ट हेर्दा कामदार जस्ती देखिने उनी मोटरसाइकल वर्कशपमा आएको सबै काम गर्छिन् ।उनीले यो काम सिक्न थालेको ६ महिना मात्र भयो तर विवाह गरेको भने २ वर्ष । पुष माघ बाट आफ्नो बूढाको बाइक वर्कशपमा मसिना काम गर्दागर्दै अहिले उनी इन्जिन खोलेर बनाउन सक्ने हिम्मत राख्छिन्। सुरुमा टायरमा हावा हाल्ने कामबाट उनीले वर्कशपमा काम थालेकी हुन्।अहिले ब्रेकसोल,टायर पञ्चर, सर्भिस आदि गर्न बूढाको साथ चाहिदैन् उनलाई । बाहिर सहकारी तिर जागिर खान गयो भने महिनाको ७,८ हजार आउँछ तर वर्कशपमा काम गरेपछि २०,२२ हजार त्यतिकै पाइने कुरा गर्छिन् पान्डे बहिनी।काम गरेर खानलाई के लाज?उनी भन्छिन् जेसुकै होस् आफ्नो सिप र क्षमताको काम गर्नुपर्छ चोरेर लुटेर पो खानुहुन्न ।

माइतीघर खोटाङ जिल्लामा रहेको बताउने उनी विवाह अघि भक्तपुरमा बस्थिन्।विवाहपछि पतिसँग नै लुभुमा रहेको बाइक वर्कशपमा काम सिकेर मज्जासँग विगतको बेरोजगारीपन भुलिरहेको हाम्रा न्युजकिरण संवाददाता सँगको अन्तरंग कुराकानीमा बताइन्।नेपाली महिला पनि ग्यारेजमा काम गर्न थालेको देख्दा बाइक वर्कशपमा बाइक सर्भिसका लागि बाइक छोड्नेहरुको संख्या बढ्न थालेको एक स्थानीयले बताए ।आजकल महिलाहरु उद्यमी पुरुषसँग माया प्रेम हुँदै लगनगाँस्न तर्फ अघि बढेको पान्डे बहिनीको वैवाहिक सम्बन्धले देखाउन थालेको छ ।

newskiran.com

newskiran.com

You May Also Like