नेपालका शिक्षक/कर्मचारीको तलब देऊ: इआइ


११ साउन २०७७ काठमाडौं । इआईले निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब तुरुन्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । पत्र मेल मार्फत आएको खबर युनियनले बताएको छ । विश्व भरका ३२ लाख शिक्षक आवद्ध इआईमा नेपालबाट इष्टुका पूर्व अध्यक्ष तथा संरक्षक मुकुन्द गौतम र शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा सदस्य छन्।करीब ८ हजार ५ सय नेपालका निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको संख्या ३ लाखको हाराहारीमा रहेको छ ।गत पुस माघ महिना देखि नै तलब लिन बाँकि रहेका शिक्षक कर्मचारीहरुको चैत ११ बाट सुरु भएको लकडाउनका कारण साउन महिना लाग्दा समेत अझै निकासा भएको छैन्।त्यही भएर इष्टुले नगर, जिल्ला शिक्षा समन्वय इकाई, प्याब्सन एनप्याब्सन,मानव संशाधन विकास, शिक्षा मन्त्रालय,मानव अधिकार आयोग र इआईमा ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण र्याली र संघर्ष गर्दै अघि बढेको इष्टुले इआईको मेल पत्र आएपछि भने शिक्षक महासंघ सँग बसेर छलफल गरेको बुझिएको छ । इआइले काटेको पत्रमा मानव अधिकार र पेशागत अधिकारका लागि उठाएको शिक्षक कर्मचारीको माग सम्बोधनका लागि पूरा तलब तुरुन्त निकासा गर्नुपर्ने उल्लेख छ ।


newskiran.com

newskiran.com

You May Also Like