आज वि.सं.२०८० साल चैत महिनाको २० गते मंगलबार, राशिफल हेर्नुहोस्

अ अ अ
आज वि.सं.२०८० साल चैत महिनाको २० गते मंगलबार, चैत्र कृष्णपक्षको अष्टमी तिथि । आज भौमाष्टमी रहेको छ ।

मेष
पेशागत जीवनमा लाभ र करद मिल्ने छ । अरुको विश्वास जित्न सक्ने भएकाले कार्य सफलता मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ । आम्दानीमा पनि बृद्धि देखा पर्दा आर्थिक उन्नति हुने छ । साझेदारीमा भने समस्या देखिने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

वृष
भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत जीवनमा प्रगति हुने छ । आफ्नो भूमिकाको अरुले कदर गर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्ने छन् । आत्माबल उच्च हुने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

मिथुन
पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । भाग्य बलियो रहेको छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । शेयर क्षेत्र औसत रहने छ ।

कर्कट
रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । मनमा निराशा भावले पिरोल्ने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् । जसले गर्दा मनमा उदासिनता बढाउने छ । शेयर क्षेत्र भने केही सकारात्मक रहने छ ।

सिंह
पेशागत जीवनमा उतार चढाव आउने छ । आम्दानीमा गिरावट आउने छ । बोलीमा भने प्रभावकारीता थपिने छ । पारीवारिक जीवनमा मधुरताको बृद्धि हुने छ । शेयर बजार सकारात्मक रहने छ ।

कन्या
मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु बढ्न पुग्ने छन् । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । पेशागत जीवनमा शत्रुतापूर्ण वातावरण उत्पन्न हुने छ । आम्दानीमा कमि आउने छ । शेयर क्षेत्र औसत रहने छ ।

तुला
अध्ययन अध्यापनमा मन जाने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । राखिएका लक्ष्य वा सपना पुरा हुन कठिनाई हुने भए तापनि निरन्तर प्रयासरत रहनु होला । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । शेयर क्षेत्र जोखिमपूर्ण देखिन्छ ।

वृश्चिक
साझेदारीमा गरिएका काममा पनि प्रगति हुन पुग्ने छ । आम्दानी गर्नु पर्दछ भन्ने सोचमा आउने तिब्रताले आयका क्षेत्रमा सक्रियता बढाउने छ । दाम्पत्य जीवनमा समझदारी कायम हुने छ । पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । शेयर कारोवार सकारात्मक रहने छ ।

धनु
भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल कम मात्र प्राप्त हुने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित रहनु होला । पेशागत जीवनमा बादबिबादमा फस्ने स्थिति आउने छ । मेहनत र पराक्रमी शैलीमा कमि आउने छ । शेयर क्षेत्र औसत खालको रहने छ ।

मकर
परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जाने छ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । भाग्य बलियो भएकाले परिस्थिति अनुकुल बन्दै जाने देखिन्छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसले उर्जामा ह्रास ल्याउने छ । शेयर बजार पनि सकारात्मक रहने छ ।

कुम्भ
ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । आम्दानीमा पनि हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । परिवारका सदस्यहरुले तपाईमाथि भरोसा गर्ने छन् । शेयर क्षेत्र औसत रहने छ ।

मीन
व्यक्तित्वमा दृढता आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पारीवारिक मिलन हुने छ । पेशागत जीवनमा भने द्वन्दात्मक अवस्था आउने छ । आम्दानीमा कमि आउने हुँदा आर्थिक ब्यवस्थापनमा असन्तुलन ल्याउने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)