स्वयम्भूबाट हेर्दा लकडाउनका स्थिर घरहरु


१० साउन २०७७ काठमाडौं ।स्वयम्भूबाट हेर्दा लाग्छ काठमाडौं खाल्डोमा पैसावाल घर छ र पैसावाल दिमागी बस्ती छ । गत चैत आठ गते सरकारले एक्कासी कोरोना भाइरसबाट बच्न लकडाउन हुन सक्छ भन्ने त्रास मिडिया मार्फत फैलायो । केही मानिसहरू रातारात उपत्यका छाडेर गाउँघरतिर लागे । केही मानिसहरू लकडाउन भनेको के हो थाहै नपाएर बसे । सरकारले एक्कासी चैत ११ बाट लकडाउन सुरु गर्यो । लकडाउनले हप्ता पार गर्यो ,२ हप्ता पार गर्यो अनि महिना पार गर्यो ।१,२ हप्ता लकडाउन हुने ठानेर बसेका उद्योगी हुन वा मजदुर?विद्यालय हुन वा शिक्षक? यातायात व्यवसायी हुन वा श्रमिक ?सबैलाई असर गर्यो । यातायात चलेन,लकडाउनमा किराना पसल मारामार चल्यो तर मजदुरी गर्नेहरुले कामधन्दा नभएनचलेपछि किनेर खाने पैसा पाएनन्।सरकारी कर्मचारी हरुलाई तलब आइरहने हुनाले लकडाउनले खासै असर पारेन् । उनीहरुलाई रोगबाट जोगिन पाए पुग्ने भयो । उद्योग, कलकारखाना, निर्माण, यातायात,होटल, पर्यटन, शिक्षणमा कार्यरतहरुको सबै काम बन्द भएपछि तलब आएन्। फरक यति हो तलब पाउने र नपाउने बीच मतैक्य ? मतैक्यता हुनु स्वाभाविक हो । काठमाडौं उपत्यकामा बसेर काम गरी खाने श्रमजीवीहरुको अवस्था काम बन्द भएपछि भोकभोकै पर्ने खालको छ । प्रायः महिनावारी कामगरी तलब खानेहरुको खर्चले धौधौ नै महिना कटाउन पुग्ने हुन्छ ।कसैकसैले मासिक ३ हजार बचाउँछन् त कसैले २० हजार ।एउटा मा कामगर्ने को तलब ५ देखि १५ हजार सम्म भएको पाइन्छ। शिक्षकको स्कुल अनुसार फरक रहेको हुन्छ ।मसिना बोर्डिङ्मा कार्यरत शिक्षकको ५ देखि १५ हजार,ठुला स्कुलमा हेर्दा २५ देखि ४० हजार र केहीमा ३५ देखि ७५ हजार सम्मको तलब भेटिन्छ। यातायातमा ड्राइभर ८ देखि २० हजार,३० देखि ५० हजार सम्मको महिनावारी तलब थाप्नेहरु देखिन्छन्। उद्योगमा ५ देखि ११ हजार र ११ देखि १८ हजार कमाउनेहरु छन्। पर्यटन क्षेत्रमा काम गर्नेहरु सिजनेवल तलब थाप्छन् । निर्माण क्षेत्रमा काम गर्नेहरु दैनिक ज्यालादारी गरेर रकम लिएपनि उनीहरुको पनि सरदर १५ देखि ३० हजार नै मासिक आम्दानी हुने गर्छ । समग्रमा सरकारी कर्मचारीको नियमित ५ देखि २० सम्मको बचत देखिन्छ भने निजी क्षेत्रका कामदार कर्मचारीले २ हजार देखि १० हजार मासिक बचत गर्न सक्ने हुन्छन् । उपत्यकामा घर भएकाहरु र कोठाभाडामा बस्नेहरु २ थरी कामदार कर्मचारी रहेका छन्।घर हुनेहरु बाहिरको मान्छेको दाँजोमा थोरै तलबमा काम गर्न सक्छन् ।किनकि, उनीहरुको कोठा भाडा र खानामा खर्च हुँदैन्।त्यसो त कतिपय कमाएरै गुजारा चलाउनेहरु पनि छन्।बाहिरकाहरु भनेर अफिसबाट भिन्नै तलब दिने गरेको भने पाइएको छैन्।जे होस् काठमाडौं उपत्यकामा कमाएर खान मात्र ठिक हुन्छ भन्ने आवाज सुन्ने गरिन्छ। कतिपय घरजग्गा दलाल र अन्य सर्भिस कमिशनको काम गरेर बाँच्नेहरु सिजनेवल श्रमिक हुन्।गतचैतमा सुरु भएको लकडाउनले साउन ११ गते चौथो महिना पार गर्दै छ ।घर हुनेहरु घरबहाल नपाएपनि मज्जासँग विगतको कमाइ खाइरहेका छन्।४ महिना तलब नपाएकाहरुलाई ५० हजार माथिको ऋण लागेको मान्न सकिन्छ ।महिनाको साँढे १२ हजार खर्च नगर्ने मान्छे कोठा लिएर उपत्यकामा बस्न सक्दैन् ।अहिले तलब नआएकाले कोठाभाडा नतिरेको काभ्रे सुनिल बताउँछन्। कोठाभाडा नतिरेको झन्डै ९ महिना भयो ४ महिना देखि कमाइ धन्दा बन्द छ ।अब कोठाभाडा तिर्न भन्दा कोठाको १० बाह्र हजारको सामान माया मार्नु वेश भइसक्यो । बेस्सरी घर बनाएर भाडा लगाइ खानेहरुलाई ०७२ सालको भूकम्पमा थोरै असर पर्यो ।अहिले ४ ,५ महिना असर परेको मंगल बजारका सानुमाया बताउँछिन्।उनी भन्छिन् घरहरु स्थिर छन् पछि भाडा उठ्लानी घरको ।नेपाल सरकारले लकडाउन साउन ६ गते रातिबाट अन्त्य भएको घोषणा गरेको चौथो दिनबाटै बीरगंजमा भने निषेधाज्ञा जारी भएको छ ।आशा छ यी तिरीमिरी घरहरुमा कोरोना भाइरस नछिरुन् । प्राकृतिक रूपमा सुन्दर नेपाली भूमि अझ काठमाडौं देशको राजधानीको रमणीयता सदाबहार रहिरहोस् कामना !





newskiran.com

newskiran.com

You May Also Like