आज वि.सं.२०८० साल चैत महिनाको १५ गते बिहीबार, राशिफल हेर्नुहोस्

अ अ अ
आज वि.सं.२०८० साल चैत महिनाको १५ गते बिहीबार, चैत्र कृष्णपक्षको तृतीया तिथि ।

मेष
साझेदारीमा गरिएका क्षेत्रमा समस्याहरु देखा पर्न थाल्ने छ । पेशागत जीवन तथा ब्यवसायमा अबरोधहरु धेरै देखिने छ । दाम्पत्य जीवनमा पनि ससाना विषयले चर्काे रुप धारण गर्ने छ । अध्ययन अध्यापनमा रुचि कम हुने छ । भाग्यको साथ कम रहेकाले समय प्रतिकुल बन्न जाँदा कार्य सम्पादन निकै ढिलो गरि हुने छ । शेयर बजार औसत रहने छ ।

वृष
कडा खाले ब्यक्तित्व हुन पुग्ने छ । ब्यक्तित्व र आफ्नो मनका बीच तालमेल नमिल्दा असामञ्जस्य हुन पुग्ने छ । पारीवारिक जीवनमा केही कटुताको भाव पैदा हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नझुक्ने बानी सक्रिय हुने छ । पेशागत जीवन औसत खालको रहने छ । शेयर बजार सकारात्मक रहने छ ।

मिथुन
बोली प्रभाव बढ्ने छ । मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा स–साना समस्याहरु देखा पर्ने र त्यसले मनमा तनाव उत्पन्न गर्ने छ । शेयर बजार औसत खालको हुने छ ।

कर्कट
आत्माबलमा कमि आउँदा मनमा डर लागे जस्तो हुने छ । आम्दानीमा कमि आउँदा आर्थिक सन्तुलनमा परिवर्तन आउँदा त्यसको प्रभावले जीवनप्रति नकारात्मक भावना बृद्धि गराई दिने छ । यसअघि आफैले कमाएर राखेको र पैतृक सम्पत्ति वा विरासतले असहज अवस्थालाई सम्बोधन गर्न मद्दत पु¥याउने छ । शेयर बजार जोखिमपूर्ण रहने छ ।

सिंह
मनमा उदासिनताको मात्रा धेरै बढ्न जाने छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचार एक पछि अर्काे गरि देखा पर्ने छन्, जसले गर्दा निन्द्रामा समस्या देखिन पुग्ने छ । जीवनसाथिको साथ लिएर काम गर्नु भएमा केही राहत मिल्ने छ मनोबल उच्च हुने भएकाले कसैले हेप्न भने सक्ने छैनन् । शेयर बजारमा धैर्य रहनु पर्ने देखिन्छ ।

कन्या
पेशागत जीवनमा स–साना समस्यासँग जुध्नु पर्ने भएता पनि आम्दानीमा बृद्धि हुने छ । भौतिक रुपमा भनाभन र झैझगडा नै हुने खालको समय सक्रिय रहेकाले संयमित भएर पाइला चाल्नु होला । साझेदारीका कामहरुमा बादबिबाद देखा पर्ने र मतभेद हुने छ । शेयर बजार औसतमा केही सकारात्मक रहने छ ।

तुला
मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ । भाग्यको साथ कम भएकाले कर्मफल प्राप्त हुन ढिलाई हुने भएकाले धैर्यतापूर्वक पाईला भने चाल्दै गर्नु होला । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा काममा सफलता मिल्ने छ । शेयर बजार जोखिमपूर्ण रहने छ ।

वृश्चिक
मनमा उदासिनता पनि बढ्ने र सानो विषयमा पनि धेरै तनाव हुन पुग्ने छ । मनमा दुविधाले डेरा जमाउने भएकाले निर्णय क्षमतामा निकै कमि ल्याउने छ । भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले धेरै नकारात्मक परिस्थिति भने आउने छैन् । शेयर बजार सकारात्मक हुने छ ।

धनु
जीवनप्रतिको उत्साहमा कमि आउने छ । भाग्यको साथ कम हुने भएकाले अनावश्यक क्षेत्रमा मेहनत गर्न पुग्दा उक्त मेहनत खेर जाने छ । मनमा निराशाजनक भावले सताउने थाल्ने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र मनमा मनोबलको कमि हुन जाँदा कमजोर ब्यक्तित्व हुन पुग्ने छ । शेयर बजार औसत रहने छ ।

मकर
सामाजिक जीवनमा राम्रो काम गरे पनि उचित मुल्यांकन हुने छैन् ।मनमा निराशाको भाव देखा पर्न जाने भएकाले उत्साहको कमि हुने छ । पेशागत जीवनमा निराशाजनक विचार मनमा आउने भएकाले संहालिँदै अघि बढ्नु पर्ने समय छ । आम्दानीमा भने केही बृद्धि हुने छ । शेयर बजार औसत रहने छ ।

कुम्भ
पेशागत तथा ब्यवसायिक जीवनबाट लाभ मिल्न जाँदा भाग्यको समेत अभिबृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तिक्ता देखा पर्ने छ । आत्माबलले भरिएको स्वाभिमानी ब्यक्तित्व हुन जाने भएकाले कसैसँग नझुक्ने खालको स्वाभाव बन्न जाने छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ । रिस बढ्ने भएकाले संयमित रहनु होला । शेयर बजार सकारात्मक हुने छ ।

मीन
प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने भएकाले अप्ठ्यारो परिस्थितिमा पनि धैर्य भएर सामना गर्ने तागत भने प्राप्त हुने छ । बोलीमा सितलता देखा परेता पनि बेला बेला अनपेक्षित कडा हुन पुग्दा विषयवस्तु बिग्रन पुग्ने भएकाले सतर्क रहनु होला । पेशागत जीवनमा पनि बादबिबाद वा द्वन्द देखा पर्न जाने भएकाले संयमित रहनु होला । शेयर बजार औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०