मिलन श्रेष्ठको निर्देशनमा सुनकोऔठी हिराको यिँउले, हेर्नुहोस् भिडियोसहित

घाँस काटेर दुई मुठी वनमै छ दोहोरी गाएर चर्चा कमाएका गायक रविन गहतराजले नयाँ दोहोरी एल्बम सुनको औँठी हिराको यिँउले बजारमा ल्याएका छन् ।मिलन श्रेष्ठको निर्देशनमा उक्त गीत बजारमा ल्याइएको हो । दोहोरी गायिका शारदा रसाइली,गायक रविन गहतराज, सुजन रिजाल, प्रनिता गहतराजले एल्बममा स्वर दिएका छन् । आधुनिक र पपगीतको बजार पातलिँदै गएको र विशेष काँठ क्षेत्रका दोहोरी गीतले यतिबेला बाक्लो बजार लिइरहेको भन्दा फरक नपर्ला ।गीतमा रविन गहतराज, सुजन रिजालको शब्द रहेको छ भने रविन गहतराजले लय दिएका छन् ।नामी एरेन्जर नारायण दंगालको गीतमा एरेन्ज रहेको छ। आयुष्मा कार्कीले अभिनय गरेको यस गीतमा राजाराम सिंखडाले कोरियोग्राफी गरेका हुन् । गीतलाई मिलन फिल्ममार्फत बजारमा ल्याइएको छ ।त्यसो त मिलन फिल्म मिलन श्रेष्ठको नामले चर्चामा छ भने यस गीतका निर्देशक पनि उनै मिलन श्रेष्ठ हुन् । प्रायः श्रेष्ठको निर्देशनमा रहेका गीतहरु भाइरल बन्ने गरेका छन् ।
आकर्षक फ्रेममा गोपाल बि.सी र सुनिल राउतले भिडियो
खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।