साउन ८ बाट बन्द अनलाइन कक्षा सुचारु गर्ने सहमति


७ साउन २०७७ काठमाडौं । विद्यार्थीबाट शुल्क उठाउन नपाएपछि सरकारबाटै क्षतिपूर्ति माग दाबी गर्दै प्याब्सन एनप्याब्सन द्वारा बन्द गरिएको अनलाइन कक्षा अन्ततः बिहीबार सुचारु हुने भएको छ । प्याब्सन, एनप्याब्सन,अभिभावक र इष्टुको बुधबारको बैठ्कले अनलाइन कक्षा सुचारु गर्ने निर्णय गरेको हो ।लकडाउन भएयता जुम,भाइबर, म्यासेन्जर र केही टेलिभिजनबाट वैकल्पिक सिकाइ प्रकिया सुरु गरेको प्याब्सन एनप्याब्सनले अभिभावकलाई बाँकि बक्यौता रकम सहित शुल्क तिर्न मौखिक र लिखित जानकारी गराएको थियो । अधिकांश अभिभावकले लकडाउन अवधिमा आयआम्दानीका पेशा व्यवसाय सञ्चालन नभएको बहानाबाजी गर्दै आएका थिए । प्राय: निजी तथा संस्थागत विद्यालयका अभिभावक निरन्तर कमाइ हुने पेशामा संलग्न भएको र शुल्क तिर्न सक्ने सम्भावना अधिक भएको निष्कर्ष निकाल्दै विद्यालयका संस्थापकले वैकल्पिक सिकाइ प्रकिया सुरु गरेको थियो ।सरकारद्वारा लकडाउन गरिएको हुनाले निजी क्षेत्रको लागि सरकारले नै केही सहुलियत दिइहाल्ने अनुमान दाबी प्याब्सन एनप्याब्सनले गरेको थियो ।प्याब्सन एनप्याब्सन मातहतका विद्यालय केही कम्पनी ऐन र केही संस्थान ऐनमा आधारित भएर चलेका छन्। सरकारले पनि खासै निगरानी तथा अवलोकन नगरेको निजी शैक्षिक संस्थामा न कुनै पेशागत आन्दोलन भएको छ न ऐन नियमानुसार संस्थापकद्वारा कार्यरत शिक्षक कर्मचारीलाई सेवासुविधा दिइएको छ ?त्यसो हुनुमा बढ्दो बेरोजगारी र सरकार नियन्त्रित शिक्षा नहुनु हो ।यस्तै विषयमा साउन ७ गते बुधबार ३ घन्टा मानव संशाधन सानोठिमीका प्रमुखलाई इष्टुले धर्ना सहित ज्ञापनपत्र बुझाएको छ ।

अधिकांश राजनैतिक गतिविधिमा संलग्न अभिभावकहरु विद्यार्थीलाई निःशुल्क पढाउन कोटा मागि रहेका हुन्छन् भने प्राय:नाम चलेका बोर्डिङहरुमा पार्टी नेताका लगानी समेत देखिएका छन्। बोर्डिङ स्कुलमा कार्यरत शिक्षक शिक्षिका हरुले पुष-माघ महिना देखि तलब नपाएपछि कतिपय घरभाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन्। ग्रान्ड कलेजमा कार्यरत एक प्राध्यापकले भने’ ६ महिना कोठामा एक परिवार बसेर खाँदा लगभग डेढ लाख ऋण लाग्दो रहेछ ।त्यसो त महालक्ष्मी नगर प्याब्सनका अध्यक्षले पनि विद्यालय सञ्चालन गरिएको भवनको भाडा ७ लाख तिर्न बाँकि रहेका भनेका छन् ।
अभिभावकसँग चैत अघिकै शुल्क लिन बाँकि रहेको र कतिपय शुल्क तिर्न इच्छुक अभिभावकहरुले समेत लकडाउनका कारण (शुल्क बुझाउन) विद्यालय आउन सकिरहनु भएको छैन् नगर प्याब्सनका अध्यक्ष कैलाश मल्लले बताए ।शुल्क नउठाउने हो भने यस भेगका विद्यालय कसरी चल्छन् त? विद्यालय नचलेपछि तलब दिन सकिन्न ।तलब नपाएपछि उपत्यका बाहिर घर भई कोठा भाडामा बसेर पढाउने शिक्षक शिक्षिका र कर्मचारीहरुले के कसरी कोठाको भाडा तिर्ने आदि अहिलेको समस्या हो । ललितपुरको रेडिअन्ट एकाडेमीमा कार्यरत एक शिक्षकले केही प्रधानाध्यापकले प्याब्सनको महत्वपूर्ण पदमा बसेर पनि शिक्षक कर्मचारीको समयमा तलब नदिने र जागिरबाट निस्कासन गर्ने धम्की दिने गरेको बताएका छन् । बैशाख,जेठ असारको तलब अधिकांश विद्यालयले नदिएको इष्टुका अध्यक्ष सुरेन्द्र मिश्रले न्युजकिरण डटकम अनलाइन खबरलाई बताएका छन् । नियुक्ति पत्र नै नदिएर कतिपय मसिना विद्यालयहरु सामाजिक सुरक्षा कोषमा जान पाएका छैनन्। केही विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध छन्। शिक्षक शिक्षिका र कर्मचारीको तलब र सेवा सुविधा यथावत मागदाबी गर्दै निस्कासित सबैलाई पुनः बहालीको माग गर्दै इष्टुले यतिखेर देशैभर संघर्ष यात्रा थालेको छ ।साथै प्याब्सन एनप्याब्सन, अभिभावक र इष्टु सम्मिलित कार्यदल समेत गठन गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like