आज वि.सं.२०८० साल चैत महिनाको ६ गते मंगलबार, राशिफल हेर्नुहोस्

मेष
शरीरमा कमजोरी बढ्ने छ । मनोबलको कमि हुन जाने छ । दुविधात्मक ब्यक्तित्व हुने छ भने कार्य सम्पादनमा जोश र जाँगरको कमि हुनुका साथै नकारात्मक विचारले सताउने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा रहने छन् । जीवनसाथिको साथसहित काम गरेमा अनुकुल हुने छ । ठेक्का पट्टा, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, सर्जन आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यता साथ अघि बढ्नु होला । शेयर बजार अनुकुल देखिन्छ ।

वृष
नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले सतर्क भएर अघि बढ्नु होला । पेशागत जीवन औसतमा सकारात्मक नै देखिन्छ तर भाग्यहिनताका कारण रोजगारी तथा ब्यावसायमा अबरोध तथा कठिनाईहरु सामना गर्नु पर्ने देखिन्छ । सवारीसाधन, घर घडेरी, गाडि, बाहन, जग्गा जमिनको सन्दर्भमा नोक्सान हुने समय सक्रिय रहेकाले सतर्क रहनु होला । शेयर बजार अनुकुल हुने समय छैन् ।

मिथुन
संयमित हुनु पर्ने समय छ । सुखमा कमि आउने छ । मनमा निरन्तर दुविधाले ग्रस्त बनाउने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका कर्मचारीहरुसँग खटपट हुने भएकाले सतर्क रही कार्य गर्नु होला । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुले आफूप्रति दिएको विश्वास गुम्न पुग्ने छ । संचित धन सम्पत्ति परिचालन गर्न सके भाग्योदय हुने छ । शेयर बजार भने अनुकुल देखिन्छ ।

कर्कट
समय सकारात्मक नै देखिन्छ । नेतृत्वदायी क्षमतामा बृद्धि हुने छ । आत्माबल बलियो हुने छ । धन धान्यमा बृद्धि हुने छ । ब्यवस्थापकीय क्षमतामा अभिवृद्ध हुने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । ठेक्का पट्टा, औषधी, हार्डवेयर, सिमेण्ट, फलाम, स्टिल जस्ता क्षेत्रमा लाभ प्राप्त हुने छ । शेयर बजार अनुकुल देखिन्छ । साझेदारीमा गरिएका कामहरु प्रभावकारी हुने छन् ।

सिंह
ब्यक्तित्वमा दृढता थपिने छ । भाग्यको बलियो छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल छ । आम्दानीमा बृद्धि हुने छ । खासगरी औषधी, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति, सौन्दर्य प्रशाधनका सामान, अस्पतालमा हुने उपचारजन्य सामान आपूर्ति गर्ने क्षेत्रमा संलग्नहरुलाई फाइदा पुग्ने देखिन्छ । साझेदारीका कार्यहरु सकारात्मक हुने छन् । शेयर बजार सकारात्मक देखिन्छ ।

कन्या
मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । शान्त किसिमको ब्यक्तित्व हुने छ । परिवारको साथका कारण कदर र प्रशंसा प्राप्त हुन पुग्ने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन जाने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा केही अबरोधहरु आउने देखिन्छ । घर घडेरी, रियल स्टेट, सवारीसाधन, वाहन, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय केही सकारात्मक बन्ने छ । शेयर बजार क्षेत्र औसत रहेको छ ।

तुला
अरुको विश्वास जित्न सकिने छ । ब्यवस्थापकीय र नेतृत्वदायी भुमिका प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक परिस्थिति देखा पर्ने छ । मनमा दुविधा अत्याधिक बढ्न जाने छ । यसले निर्णय क्षमतामा कमि ल्याउनुका साथै जिम्मेबारी पाए अनुसारको दृढता सृजना हुने छैन् । तसर्थ मन नियन्त्रणम ध्यान दिनु पर्ने छ । दुध, पानी, मदिरा, कोल्ड ड्रिंक्स, धार्मिक वस्तुहरुको ब्यापार, दुध आदिको ब्यापारमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । शेयर बजारमा सतर्कताको आवश्यकता छ ।

वृश्चिक
समय प्रतिकुल रहेकाले धैर्यताको खाँचो छ । निर्णय क्षमतामा कमि आउने छ । मनमा दुविधा बढ्ने छ । परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने छ । भाग्यहिनताको अभाष हुने भएकाले ब्यक्तित्वमा दृढताको कमि देखिने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा मेहनत र पराक्रमीपनाले सार्थकता पाउने छ । रियलस्टेट, ठेक्का पट्टा, सिमेण्ट, फलाम, सामान ढुवानी जस्ता क्षेत्रमा आवद्धहरुलाई केही फाइदा मिल्ने छ । शेयर बजारमा धेरै जोशिने समय छैन् ।

धनु
भाग्यको बलियो छ । भित्रि बुद्धि र चतु¥याईमा बृद्धि हुने भएकाले कार्य सफलता मिल्ने छ । परिवारको बलियो साथ मिल्ने छ । पेशागत जीवनमा विभिन्न खाले नसोचिएका उल्झन र समस्याहरु देखा पर्ने छन् । पैसा सर सापटी गर्दा निकै विचार पुर्याएर मात्र गर्ने गर्नु होला । साझेदारीका काममा साझेदारहरुका बीच द्वन्द चर्कन सक्ने र बादबिबाद हुने भएकाले धैर्यता र संयमताको खाँचो देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मकर
उच्च मनोबल कायम रहने छ । भाग्य बलियो रहेकाले देखा पर्ने कठिनाईहरुसँग जुध्ने तागत प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा वृद्धि हुने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता तथा द्वन्द देखा पर्ने छ । पुस्तक कारोवार, प्रेस ब्यवसाय, स्टेशनरी, संचारमाध्यम, पत्रकारिता, बाचन पेशा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ । शेयर बजार अनुकुल नदेखिएकाले निकै होसियारी अपनाउनु होला ।

कुम्भ
प्रभावशाली ब्यक्तित्व हुने छ । तर व्यक्तित्वको प्रभावसँगै रिस पनि अत्याधिक कडा शैलीका हुने भएकाले रिस नियन्त्रण गर्न सके मात्र ब्यक्तित्वको प्रभाव सार्थक हुने छ । बोलीको प्रभाव बढ्ने छ । पेशागत तथा ब्यावसायिक क्षेत्र एक हदसम्म सकारात्मक देखिन्छ । भाग्यको बलियो साथ रहेको छ । निर्माण ब्यवसाय, पुस्तकको कारोवार, शैक्षिक क्षेत्र, ठेक्का पट्टा, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समयले साथ दिने छ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु आउने छन् । शेयर बजार सकारात्मक देखिन्छ ।

मीन
पारीवारिक जीवनमा मधुरताको वातावरण हुने छ, यसले प्रतिकुलतासँग जुध्न मद्दत पु¥याउने छ । दृढ ब्यक्तित्व हुने छ, योसँगै कडा र रिसाहापनामा पनि वृद्धि हुने भएकाले संयमिताको खाँचो देखिन्छ । आम्दानीमा सोचे जस्तो नहुने भएकाले सन्तोषसहित यात्रा जारी राख्दा उपयुक्त हुने छ । अनुसन्धानको क्षेत्र, गुप्तचर क्षेत्रमा आवद्धहरुको हकमा भने फाइदा मिल्ने छ । शेयर बजारमा सतर्कतासहित लगानीको अवस्था छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)