संगठित अपराध कसुरमा महरा परे चारदिने हिरासत

सोमबार बिहान पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएसँगै उनलाई चारदिन हिरासतमा राखिने भएको हो ।सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार महरामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाइसकेको छ।
सिआइबीमा अहिले एआइजी श्याम ज्ञवाली प्रमुख छन्। यसअघि जाँचबुझ आयोगले एआइजी किरण बज्राचार्यको कमजोरी औंल्याएपछि उनको सरूवा गरिएको छ ।इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा महरा पक्राउ परेका हुन् । ९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको जनाएको छ ।

गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन सिआइबीमा पुगेको थियो । महरा माओवादी नफुट्दै पार्टीका एकसालीन नेताका रुपमा परिचित थिए । पार्टी फुटेपछि कहिले वैद्य र कहिले विप्लव समर्थक बन्ने प्रयास गरेका महरा यस अघि पनि एक कान्डमा परेका थिए।यो सुकान्ड उनको दोस्रो कान्ड मानिएको छ ।