२०७७ साउन ६ गते मंगलबारको राशिफल


मेष– घरायसी धनको विवाद हुनेछ । ढिलासुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।

वृष– काममा जिम्मेवारी थपिनेछ । पारीवारिको यात्रा हुनेछ । अधुरा काम बन्नेछन् ।

मिथुन– मीठो भाेजनको सुख मिल्नेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

कर्कट– अनावश्यक ढिला सुस्ती हुनेछ । चिन्ताले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

सिंह– सामान हराउन सक्नेछ । पैसा बढी खर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
कन्या– धनको जोहो बढ्नेछ । व्यवसायमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।

तुला– सरकारी काममा प्रगति हुनेछ । सामाजिक प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।

वृश्चिक– धर्म कर्ममा समय बित्नेछ । परोपकारमा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

धनु– सामाजिक लाञ्छना लाग्नेछ । कारोबारमा घाटा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।

मकर– पारीवारिक रमाइलो बढ्नेछ । यात्रामा खर्च हुनेछ । प्रेममा प्रगति रहनेछ ।

कुम्भ– सरसहयोगमा धन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

मीन– अध्ययनमा रुचि बढ्नेछ । सम्पत्ति वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ

newskiran.com

newskiran.com

You May Also Like