गोदावरी खोलाको बाढीले ललितपुरको हात्तीवन क्षेत्र डुबानमा


५ साउन २०७७ काठमाडौं । ललितपुर जिल्लाकै चर्चित खोला गोदावरी खोलामा आएको बाढीले हात्तीवन क्षेत्र डुबानमा परेको छ ।मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले साउन ४ गते नै आगामी २४ घन्टामा देशका धेरै स्थानमा वर्षा हुने जानकारी दिएसँगै अविरल वर्षाले उपत्यका जलमग्न भएको छ । ललितपुरको कर्मनास खोला उर्लिएको छ भने यसका आसपासका क्षेत्रहरूमा लगाइएका मकै पनि लछारिएको छ । घर निर्माणका लागि बनाइएको अस्थायी पुल समेत काम नलाग्ने भएको छ ।खोलानजिकै रहेका घरहरु कतिखेर डुवानमा पर्ने हुन भन्ने भएको छ । महालक्ष्मी नगरपालिका अन्तर्गत टिकाथली, सानागाउँ नजिकै रहेको भट्टा क्षेत्रमा पनि सोमबार पानी जमेको छ । त्यस्तै इमाडोल भट्टा आसपासका क्षेत्रमा पनि डुवानमा पर्ने खतरा बढेको एक स्थानीयले बताए ।नदी तथा खोला किनारका घरहरु बढी जोखिममा रहेका छन् ।

मौसम विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी थिइन्। उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना बताइएको थियो ।
नदीमा आसपासका क्षेत्रहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन ५ देखि ७ गते सम्म विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर अघि सर्दै गर्दाको अवस्था हो । देशभर अझै भारी वर्षाको सम्भावना बताइएको छ भने उपत्यकाका बागमती नदी किनार आसपासका क्षेत्रहरूमा वर्षाको जोखिम रहेको छ ।






newskiran.com

newskiran.com

You May Also Like