प्याब्सन र एनप्याब्सन सँग सहमति गर्दै इष्टुको आन्दोलन फिर्ता


४ साउन २०७७ काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले प्याब्सन र एनप्याब्सन बीचको सहमति पछि आन्दोलन फिर्ता भएको छ । प्याब्सन टिकाराम पुरी(अध्यक्ष) एनप्याब्सनका रितुराज सापकोटा(अध्यक्ष) र इष्टुका केन्द्रीय अध्यक्ष होमकुमार थापाबीच शनिबार संयुक्त विज्ञप्तिमा ३ बुँदे सहमति जारी गरेपछि आन्दोलन फिर्ता भएको हो । यसअघि संघर्ष तथा आन्दोलनको कार्यक्रम अघि सारिएको थियो । साथै शिक्षकलाई तलब दिनुपर्ने भन्दै सडकमा ध्यानाकर्षण र्याली पनि निकालेको थियो ।कतैबाट ध्यानाकर्षण पत्रको चित्त बुझ्दो जवाफ नआएपछि र एक्कासी अनलाइन कक्षा प्याब्सन र एनप्याब्सन मार्फत बन्द भएपछि इष्टुले शिक्षक कर्मचारीको रोजीरोटी माथि प्रश्न खडा भएको महसुस गर्दै ३ दिने अल्टिमेटम पत्र सार्वजनिक गरेर देशव्यापी आन्दोलन सुरु गरेको थियो । आन्दोलनले तालाबन्दी र आम हडतालको स्वरुप मार्ग तय पनि गरेको थियो ।

तर, ललितपुर इष्टुका अध्यक्ष सुरेन्द्र मिश्रले भने यसअघि सार्बजनिक गरिएको साउन ७ र ८ गतेको कार्यक्रम यथावत रहेको न्युजकिरण डटकम अनलाइन खबरलाई बताएका छन्। सरकारले अभिभावकसँग शुल्क उठाउन नदिने आशयको विरुद्ध अनलाइन कक्षा एक्कासी बन्द गरेका प्याब्सन तथा एनप्याब्सन ले शनिबार इष्टुसँग सहमति गरेका हुन्। इष्टुले मानव अधिकार आयोग, शिक्षा मन्त्रालय र अन्तराष्ट्रिय शिक्षक युनियन इआइसम्म आफ्नो पेशागत अधिकार हनन भएको भन्दै ध्यानाकर्षण पत्र दर्ज गराएको थियो । इष्टु, प्याब्सन र एनप्याब्सन बीचको ३ बुँदे सहमतिमा चैतसम्मको शिक्षकको तलब दिने र अरु क्रमशः दिँदै जाने, अनलाइन कक्षा सुचारु गर्ने जसलाई एक कार्यदल बनाएर कार्यान्वयन भए नभएको अनुगमन गर्ने सहमति गरेको छ ।कार्यदलमा प्याब्सन, एनप्याब्सन अभिभावक र इष्टुका प्रमुख वा विशेष व्यक्ति रहने उल्लेख गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like