साउन २ बाट लकडाउन खुकुलो पार्दै महालक्ष्मी नगरपालिका

१ साउन २०७७ काठमाडौं । उपत्यकामा लडाउन खुकुलो भएसँगै महालक्ष्मी नगरपालिकाले साउन २ गते शुक्रबार देखि लडाउन खुकुलो पार्ने भएको छ । ललितपुरको शीघ्र समृद्धि हासिल गर्न क्रियाशील महालक्ष्मी नगरले सामाजिक मान्यता र परिवेश हेरेर लडाउन खुकुलो पार्ने निर्णय गरेको हो ।यस अघि ७,८,र ९ नं वडामा लडाउन कडा बनाउने क्रममा शिल नै गरेको थियो । विभिन्न राजनीतिक दल प्रतिनिधित्व गराएर नगरले विगतदेखि नै नगरको सम्वृद्धिमा ध्यान पुर्याएर अघि बढिरहेको मेयर रामेश्वर श्रेष्ठ बताउँछन्।

काठमाडौं उपत्यकामा सवारी साधनलाई बिस्तारै खुकुलो गर्ने क्रममा असार १ गतेबाट जोर बिजोर प्रणाली लागू भएको थियो भने २ हप्ता अघिबाट ट्याक्सी र यसै हप्ताबाट चक्रपथमा माइक्रो बस,मयुर यातायात चल्न सुरु भएको थियो ।साउन २ गतेबाट भने उपत्यकामा सफा टेम्पो र साझाबस पनि चल्न सुरु गरेको छ । महालक्ष्मी नगरपालिकाले एक हप्ता अघि सफा ट्याम्पो परीक्षण पारामा चलाएको थियो ।जोर गते जोर र बिजोर गते बिजोर सवारी साधन चलेका सडकमा असार ३१ र साउन १ गते दुवै दिन बिजोर सवारी मात्रै पनि चलाएका थिए ।२ दिन बिजोर गते परेर कतिलाई समस्या परेको थियो भने कतिपय सवारी साधन ट्राफिकको नियन्त्रणमा परेका थिए ।




newskiran.com

newskiran.com

You May Also Like