सार्वजनिक बिदाको तलब दिनुपर्छ: संयुक्त ट्रेड युनियन

१ श्रावण २०७७ काठमाडौं । सार्वजनिक बिदाको तलब दिन माग गर्दै मजदुर कर्मचारीको पक्षमा लडिरहेको क्रान्तिकारी ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी होटल तथा रेस्टुराँ मजदुर संघले संयुक्त विज्ञप्ति निकालेका छन्। संघले लकडाउनको मारमा परेका पीडित मजदुरलाई सार्वजनिक बिदाको तलब दिन माग गरेका हुन्। अखिल नेपाल क्रान्तिकारी होटल मजदुर संघ र नेपाल समाजवादी क्यासिनो तथा रेष्टुराँ मजदुर संघले संयुक्त विज्ञप्ति जारी गरेका छन्।ती संगठनले संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा लामो समयसम्म लकडाउनको मारमा परेका होटल तथा रेस्टुराँ व्यवसायमा कार्यरत मजदुर कर्मचारीलाई सरकारले सार्वजनिक गरेको सूचनाको आधारमा सेवा सुविधा किन घटाएको ?भन्ने उल्लेख छ । सरकारी ट्रेड युनियन महासंघका युनियनले हानसँग गरेको सम्झौता अपूर्ण रहेको पनि विज्ञप्तिमा उल्लेख छ। बन्दाबन्दीको समयलाई सरकारले सार्वजनिक बिदा घोषणा गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।सो अवधिलाई बिदा गणना गरेर तलब सेवा सुविधा मजदुर कर्मचारीलाई दिनुपर्ने माग ती संगठनले राखेका छन्।

newskiran.com

newskiran.com

You May Also Like