कडा संघर्षको कार्यक्रम सहित इष्टुले दियो ३ दिने अल्टिमेटम


१ श्रावण २०७७ काठमाडौं ।निजी तथा संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले हालै प्रकाशित प्याब्सन र एन प्याब्सन को सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै इष्टुले वार्ता गरी समस्या समाधान गर्न ३ दिने अल्टिमेटम पनि दिएको छ । साउन १ गते इष्टुका केन्द्रीय अध्यक्ष होम कुमार थापा तथा महासचिव भोला चालिसेद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा ध्यानाकर्षण भएको जनाएको हो । विभिन्न टेलिभिजन, रेडियो र केही अनलाइन भर्च्युअल मार्फत कक्षा सञ्चालन गरेको प्याब्सन र एन प्याब्सनले बुधबार एक्कासी पढाइ बन्द गरेको थियो । केही समय अघि शिक्षा मन्त्रालयमा अभिभावक, शिक्षक र इष्टुका प्रतिनिधिले छलफल सकारात्मक चलिरहेको बताएका थिए ।तर, प्याब्सन र एन प्याब्सनले बुधबार एक्कासी अनलाइन कक्षा बन्द गरेर शिक्षकलाई बेतलबी बिदामा राख्ने परिपत्र जारी गरेपछि इष्टुले विहिबार दिउँसो प्रेस विज्ञप्ति निकालेको छ । प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ;नेपालको संविधान अनुसार बालबालिकाको शैक्षिक अधिकार खोस्ने र श्रम ऐन र नियमावली नमान्ने प्याब्सन एनप्याब्सनको दादागिरी हो । यस विषयमा ३ दिनभित्र वार्ता, छलफल गर्न शिक्षक महासंघ, अभिभावक संघ र सरोकारवालालाई आग्रह गरेका छौँ।राज्यको मौलिक अधिकार पढ्न पाउने बाल बालिकाको अधिकार र श्रम ऐन अन्तर्गत श्रम गर्न पाउने शिक्षकको अधिकार खोसेर राज्यको नीति नमानेको ठहर्छ । त्यसैले राज्यको नीति नमान्ने प्याब्सन एनप्याब्सनको गतिविधि रोकि निजी तथा संस्थागत लाई राष्ट्रियकरण गर्न सरकारसँग माग गर्दछ ।

newskiran.com

newskiran.com

You May Also Like