१ साउन २०७७ ललितपुर । हिन्दूहरुको सांस्कृतिक पर्व साउने सङ्क्रान्तिको दिन अर्थात् श्रावण १ गते गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।नगरका प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीद्वारा असार ३१ गते जारी सूचनामा बिदाबारे उल्लेख गरिएसँगै सार्वजनिक बिदा दिएको हो ।
गत असार २९ गते नगरपालिकाले सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । हिन्दु नारीहरुले मेहेन्दी तथा हरियो बस्त्र धारण गरी साउन महिनाभर ब्रत बस्ने गर्दछन् ।यस महिनामा ब्रत बस्नाले असल वर पाइने तथा पतिको भलो हुने सामाजिक मान्यता नेपाली हिन्दु परम्परामा कायम रहेको छ ।साउनमा पर्ने प्रत्येक सोमबार हिन्दु नारीहरु ब्रत बस्ने गर्दछन् ।हिन्दू नारीहरुको सांस्कृतिक पर्व मान्ने परम्परा आजभोलि प्रायः सबै धर्म मान्ने नारीहरुमा पर्दै गएको गोदावरी बस्ने सरु थापाले न्युजकिरण डटकम अनलाइन खबरलाई बताइन्।