प्याब्सन एन प्याब्सनले अनलाइन क्लास बन्द गर्ने

३१ असार २०७७ काठमाडौं ।गत माग महिना देखि शिक्षकलाई तलब नदिएर राजनीति गरिरहेका निजी विद्यालयहरुले पुनः साउन १ बाट अनलाइन भर्च्युअल कक्षा बन्द गर्ने निर्णय गरेका छन्। बुधबार प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय गरेका हुन् ।ती संगठनहरुले पटक पटक विद्यालयलाई सरकारले क्षति पूर्ति दिन माग गर्दै आएका थिए । सरकारले सामाजिक सुरक्षामा सहभागी नभएको र न्यूनतम वेतन र श्रम ऐन अनुसार शिक्षक तथा कर्मचारीलाई नहेरेकाले वेवास्ता गरेको थियो ।त्यही भएर ती संगठनले बिहीबारबाट कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय गर्न लागेको भनेका छन् । सरकारले जब प्याब्सनको माग सम्बोधन गर्छ, त्यो दिनबाट फेरि कक्षा सुरु गर्ने उनीहरुको मनसाय छ ।

असार ७ गते अनलाइन भर्च्युअल कक्षा सञ्चालन गरेका प्याब्सन तथा नेसनल प्याब्सनले नयाँ शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरुलाई आह्वान पनि गरेको थियो ।
सरकारले अनलाइन कक्षाका नाममा शुल्क नदिन अभिभावकलाई निर्देशन दिएसँगै निजी स्कुलका सञ्चालकहरुले आम्दानी शून्य भएको महशुस गरेका थिए ।सोही कारण उनीहरुले शिक्षक–कर्मचारीलाई गत माग तथा वैशाखदेखि तलब दिन नसकेको तथा घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट खर्च धान्न नसक्ने अवस्था आएको बताएका थिए ।
प्याब्सन तथा एन प्याब्सनका प्रतिनिधिले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदा जायज माग सम्बोधन गर्ने मौखिक आश्वासन आएको तर अहिलेसम्म सरकारबाट ठोस निकास नआएकाले आफूहरु अन्योलमा परेको बताउँदै आएका थिए ।
बुधबार दुबै संगठनले संयुक्त वक्तव्य एक्कासी जारी गरेर
अब सरकारले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्र विद्यालय प्रशासन खुला गर्ने बताएका छन् । शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा भने विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः दिने भनेका छन्।गत माग महिनादेखि नै तलब नलिएका शिक्षकहरुले भने तलब नआएर ५ महिना देखि कोठाभाडा तिर्न नसकी वेहाल बनेका छन् भने खान नपाएर भोकै मर्न पर्ने बाध्यात्मक परिस्थिति बन्दै गएको एक शिक्षकले न्युजकिरण डटकम अनलाइन खबरलाई बताए।

newskiran.com

newskiran.com

You May Also Like