कस्ता युवाहरु युवतीको रोजाइमा पर्छन् त जानी राखौँ ?

१. कसैले दाह्री नभएको सफा अनुहार मन पराउँछन् :- कसैलाई अनुहारमा चुस्स दाह्री आएको मन पर्छ कसैलाई झपक्क दाह्री । युनिभर्सिटी अफ न्यु साउथ वेल्सका अनुसन्धानकर्ताहरूले २०१३ मा गरेको एउटा अध्ययनमा महिलाहरूले पुरुषको दाह्री देखेर पनि आकर्षित हुने गरेको पाइएको थियो । यो अनुसन्धानमा अलि अलि दाह्री भएका पुरुषलाई महिलाहरुले सबैभन्दा आकर्षक बताएका थिए ।

२.महिलाहरु प्रायः आफूभन्दा बढी उमेरको पुरुषलाई मन पराउँछन् :- सन् २०१० मा गरिएको एउटा अनुसन्धानले देखाएको थियो । यो अध्ययनमा विभिन्न उमेर समूहका ३ हजार ७७० जना वयस्कहरु संलग्न थिए । आर्थिक रुपमा बढी स्वतन्त्र महिलाहरू शक्तिशाली र पाका पुरुषहरूप्रति आकर्षित हुने गरेको लेखिका तथा युनिभर्सिटी अफ डन्डीमा मनोवैज्ञानिक विषयकी प्राध्यापिका फियोना मूरले भनेकी थिइन् ।

३.बोली वचन सुनेर पुरुषप्रति आकर्षित हुन्छन् :-कर बल गर्ने, जबरजस्ती गर्ने पुरुषहरूलाई महिलाहरुले खासै रुचाउँदैनन् । आफूलाई बुझ्ने, आफूले बोलेको कुराहरु ध्यान दिएर सुनिदिने, मनमा लागेका हरेक कुरा सुनाउने मौका दिने पुरुषप्रति बढी आकर्षित हुन्छन् भन्ने यस अनुसन्धानले देखाएको छ ।
४.पहिलो पटकको भेटमै महिलाहरु आकर्षित भइहाल्छन् :-महिला होस् वा पुरुष दुबैमा यो नियम लागू हुन्छ ।

कोही मान्छेको व्यक्तित्वले हामी यति प्रभावित हुन्छौँ कि पहिलो देख भेटमै मनमा उनीहरुप्रति विशेष अनुभूति आउन थाल्छ । यस्तो खालको अनुभूतिलाई ‘ल अफ अट्रयाक्शन’ (आकर्षणको नियम) भन्न मिल्छ ? के कस्ता चिजका कारण महिला कुनै पुरुषतर्फ पहिलो भेटमै आकर्षित हुन्छिन् ? यसलाई बुझ्न वैज्ञानिकहरुले अनेकौँ अनुसन्धान गरेका छन् ।

कुनै समय यस्तो पनि थियो कि महँगा महँगा लुगा लगाउने, विलासी कार चलाउने पुरुष मात्रै महिलाको रोजाइमा पर्छन् भन्ने विश्वास गरिन्थ्यो । तर अहिले समय यस्तो छैन । साइकल नै चलाउने भएपनि फरक नपर्ने एक अनुसन्धानले देखाएको छ । व्यक्तिको व्यक्तित्व अनुहारमा प्रतिबिम्बित हुन्छ । तपाईंको व्यक्तित्वमा आफूलाई मोहित गर्ने, आकर्षित गर्ने केही तत्त्व भेटेपनि महिला पुरुषप्रति आकर्षित हुन्छन् । पुरुषको व्यवहारले पनि महिलाहरु आकर्षित हुन्छन् ।

५. पुरुषहरूको व्यक्तित्वमा एक खालको आत्मविश्वास र समझदारी देखिन थाल्छ । बढी उमेरका पुरुषहरु धेरै अनुभवी हुने भएकोले पनि सम्भवतः महिलाहरूले यस्ता पुरुषहरुलाई बढी मन पराएको हुन सक्छ ।