नेवा मुक्तिमोर्चाले भन्यो उपत्यका नेवारहरूको आदिभूमि


२६ असार २०७७ काठमाडौं ।नेवा राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले नेपाल सरकारले उपत्यकाबाट आदिवासी नेवारसमुदायलाई बिस्थापित गर्न लागेको आरोप लगाएका छन्। शुक्रबार माइतीघरमा नेकपा(क्रान्तिकारी माओवादी) ३ नं प्रदेश सँगको सहकार्यमा भएको सडक प्रदर्शनमा बोल्दै श्रेष्ठले सो आरोप लगाएका हुन्।नेवार समुदायमा रहेको धार्मिक, साँस्कृतिक पहिचान विरुद्ध कोही लाग्न नहुने बताउँदै श्रेष्ठले खोकना घटनामा प्रहरी दमन समुदाय हितविपरीत रहेको भनेका छन्। उनले १० वर्षे जनयुद्ध देखि शान्ति प्रक्रियासम्म आइपुग्दा आफ्नो पार्टीले नै पहिलोपटक पहिचानको मुद्दा उठाएको र त्यो पहिचान कायम राख्न पार्टीले अझै कसरत गरिरहने उनले बताए ।उनले थपे’अहिले जनता र जनजीविकाका समस्या विकराल रहेको बेला कोरोनाले पनि जनतालाई नै सताउन थालेको छ ।’उपत्यका नेवारहरुको आदिभूमि हो यस भूमिलाई नेवारीसमुदायले नै जोगाउन आवश्यक रहेको छ ।करीब ६० लाख जनसंख्या रहेको काठमाडौं उपत्यकामा ललितपुर, भक्तपुर र काठमाडौँका नेवारहरुले एक चौथाइ भूमिमा जनसंख्या अोगटन सफल रहेको छ । बिस्तारै जनसंख्या बढीरहेको काठमाडौंमा स्मार्टसिटीको अवधारणा बढ्दै छ । काठमाडौं खाल्डोको जनसंख्या पनि तीब्र वृद्धि भइरहेको छ ।जग्गा घरैघर बन्दा सकिएको र पर्यावरण समेत बिग्रिएको श्रेष्ठले बताए ।किसान महासंघका सिताराम तामाङले काठमाडौं नेवार र तामाङ जातिको आदिभूमि रहेको बताए ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षकका केन्द्रीय अध्यक्ष बिजय रत्न बज्राचार्य, क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष इश्वर तिमल्सिना,युवाका केन्द्रीय अध्यक्ष अमित महर्जन, क्रान्तिकारी माओवादी ३ नं प्रदेश ईन्चार्ज दिनेश शर्मा, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज गोविन्द पौडेल, क्रान्तिकारी पत्रकार महासंघकी केन्द्रीय सचिव अनु निरौला, क्रान्तिकारी विद्यार्थीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने लगायत मोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड छातीमा राखेर प्रदर्शन गरेका थिए।नेकपा क्रान्तिकारी माओवादी ३ नं प्रदेश र नेवा मुक्तिमोर्चाको संयुक्त व्यानरमा प्रदर्शित कार्यक्रम सुरेश श्रेष्ठले चलाएका थिए ।




newskiran.com

newskiran.com

You May Also Like