काठमाडौं उपत्यकामा सवारी साधन चल्न दिनेबारे छलफल हुँदै


२५ असार २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र सवारी साधन चल्न दिने भएको छ ।बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका हुन् ।
ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र चालकबाहेक २ जना राखेर चल्न पाउनेछन् । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । सार्वजनिक सवारीमा चढ्दा हालको भाडामा थप गर्नुपर्ने छ ।

newskiran.com

newskiran.com

You May Also Like