महालक्ष्मी नगरपालिकामा असार २५ देखि लडाउन कडा


२४ असार २०७७ ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका अन्तर्गत ३ वडामा लकडाउन कडा गरिने भएको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठद्वारा लिखित असार २४ गते प्रकाशित निर्णय अनुसार लकडाउन कडा पार्न लागिएको हो ।कोरोना भाइरस संक्रमणबाट बच्न नगरपालिकाले असार २५ गते बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि औषधी पसल, खाद्यपसल र अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण बन्द गरिने जनाएको छ । विशेषत: ७,८ र ९ वडामा अहिले महामारी फैलिन नदिन नगरले लकडाउन कडाइ गर्न लागेको हो।लकडाउन खुकुलो भएसँगै नगरका सडकमा अवैध सवारी साधन पार्किङ र छाडा पशुहरुको बिगबिगी बढेको थियो ।त्यस्तै यात्रामा सहजताका लागि सफा टेम्पो पनि नगरपालिका कार्यालय आसपासका सडकमा चल्ने गरेका थिए ।

newskiran.com

newskiran.com

You May Also Like