२४ घन्टामा ५० बढी सिलिन्डर अक्सिजन उत्पादन गर्ने आफ्नै अक्सिजन प्लान्ट रहेको रामेछाप अस्पताले आँखा लगायत सबै किसिमको उपचार सेवा दिँदै

आँखा सम्बन्धी सबै उपचार यही गरिन्छ ।अत्याधुनिक
मेसिन तथा उपकरणबाट जडित् यो अस्पतालले आफै अक्सिजन उत्पादन गर्दै आएको छ । अक्सिजन उत्पादनलाई बढाएको यहाँबाट अक्सिजन ‘सप्लाई’ गर्न सक्ने सम्भावना अधिक छ अस्पतालका दिपेन्द्र नाराणय श्रेष्ठ भन्छन् । २४ घण्टामा ५० वटा भन्दा बढी सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन उत्पादन गर्नेसक्ने उपकरण जडित यहाँ चाडै असक्सिजन उत्पानद गरि अन्य जिल्लामा समेत पठाउन सक्ने सम्भावना रहेको श्रेष्ठ सुनाउछन् । त्यसको लागि बुस्टर आवश्यक पर्ने भएको र त्यो खरिद प्रक्रियामा गएको उनी बताउछन् ।

पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको अति सुविधा सम्पन्न आठ वटा आफ्नै भवन रहेको जिल्ला अस्पताल यतिखेर जिल्लामा भएका बिरामीहरुको उपचार गर्न तल्लीन एवम चर्चित अस्पतालको रुपमा परिचित छ ।तर, जिल्लाभरका बिरामी नयाँ सदरमुकाम मन्थलीबाट सिधै बनेपा तथा काठमाडौं पुर्याउँदा छ वटा कर्मचारी भवन, एक क्यान्टि, दुईवटा फोहोरमैलो व्यवस्थापन टहरो, एक अक्सिजन प्लान्ट, एक आपसोलेसन पिसिआर ब्लक र एक पोष्टमार्टम घरसहितको अस्पताल तयार भएपनि कोल्टो ठाउँमा पर्दा जिल्लाका आधा भन्दा बढि बिरामी त्यहाँ पुग्न सक्दैनन् ।

अस्पताल पूर्वधारमा बलिएको भैसकेकाले अब आफ्नो सेवालाई प्रचारप्रसार गरि विस्तार गर्ने योजना अस्पताल प्रशासनको तयारी रहेको छ । छिट्टै जिल्लाका सबै पालिकाहरुसँग जिल्ला समन्वय समितिसँगको समन्वयमा छलफल गरि सेवा बिस्तार गर्ने दाउमा अस्पताल प्रशासन रहेको हो ।

अस्पतालले धुलिखेल, खुर्कोटसहितका अन्य अस्पतालले दिदै आएका सेवा जतिका सेवा प्रदान गर्न सक्षम भएको अस्पतालका डाक्टरहरु बताउछन् ।

‘यहाँ धुलिखेल अस्पतालले दिने सेवा पूरै पाइन्छ अस्पतालका तत्कालीन अध्यक्ष एवं व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनले भने ।’ तर, अधिकांश मानिसको बसोबास रहेको जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका विभिन्न वडाहरु,र खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति,लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड जस्ता गाउँपालिकाका स्थानीय बिरामी भने सिधै जिल्ला बाहिर उपचार गर्न लैजाने गर्छन्।

मन्थली नगरपालिका स्थित् तामाकोशी सामुदायिक अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीले पनि नागरिकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न नसक्दा बिरामीहरु सिधै काठमाडौंसहतिका बाहिरी जिल्लामा जाने गर्दछन छन् । खाँडादेवी, सुनापति, दोरम्बा र उमाकुण्डका बासिन्दा सिधै बाहिरी जिल्लामै उपचार गराउने गर्दछन। यता कहिलेकाहि जिल्ला अस्पताल बिरामी नपाएर अस्पताल संचालन गर्ननै धौ धौ अवस्थामा छ । बिरामी भने सहज उपचार नपाएर अन्त जान बाध्य छन् ।

सुविधाको हिसाबले सम्पन्न भएपनि बिरामीले सेवा नपाउनुमा सडकको मुख्य कमजोरी रहेको अस्पताल प्रशासनको भनाई छ । बिहान एक चोटी मन्थलीबाट यहाँ एक सवारी मात्रै नियमित रुपमा आउने भए पनि सेवामा सजता हुने थियो अस्पताल प्रशासन भन्छ ।त्यसो त रामेछाप अस्पताल कोल्टो ठाउँमा छ ।केही गरी बिरामी तलमाथि परिहाल्यो भने सदरमुकाम मन्थलीबाट नै काठमाडौँ उपचारको लागि लृजसनु पर्ने वाध्यता छ ।सबै उपचार सेवा सुविधा सम्पन छैन् ।

त्यसो त अस्पतालले एसआइभी एसड्स् परीक्षण तथा सुझाव, मेडिको लिगल सेवा, क्षय तथा कुष्ठ रोग उपचार सेवा, सुरक्षित गर्वपतन सेवा, अस्पताल फार्मेसी, खोप सेवा, मातृशिशु स्वास्थ्य तथा परिवारनियोजन सेवा, प्रसुति सेवा, इसिजी, यू.एस. जी, एक्सरे सेवा, बिरामी भर्ना, प्रयोगशाला, निदानात्मक, आक्मिक सेवा आँखा उपचार, मुख तथा दन्त सेवा र सामन्य जाँच सेवा दिदै आएको छ । अस्पतालले चाडै डाईलसिस् सेवा, बल्ड बैंक स्थापना गर्ने सम्मको तयारी तीब्र छ ।
एक जना दन्त सर्जन डा‍. बिनु मगर, जनरल सर्जन पवन शाक्य, एमडिजिपि एण्ड इम् मनोज कुमार यदाव, एम बि.बि.एस डा. जिवन चौधरी, सागर पौडेल र सरिता ढकालले राम्रो उपचार गर्न सक्ने उनी सुनाउछन् ।