इष्टुले दियो शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र


२१ असार २०७७ काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले आइतबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ।इष्टुका केन्द्रीय अध्यक्ष होमकुमार थापा र केन्द्रीय महासचिव भोलानाथ चालिसेले मन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
यसैबीच नेपाल शिक्षक महासंघ, अभिभावक संघ र मन्त्रालय बीच मन्त्रालयमा केहीबेर छलफल भएको इष्टुका केन्द्रीय उपाध्यक्ष अमल राइले न्युजकिरण डटकम अनलाइन खबरलाई बताए । छलफल सकारात्मक भएको र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय र शिक्षकका मागका सम्बन्धमा मन्त्रीपरिषद्को बैठ्कमा ऐजेण्डाको रुपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्का उपाध्यक्ष देवीदत्त पौडेलले बताएका छन्। मन्त्रीसँग भेट्न अर्थ उपमहासचिव सुधीर झा र उपाध्यक्ष नारायण पौडेल पनि पुगेका थिए ।

असार १९ गते इष्टुले देशैभर ध्यानाकर्षण मागसहित र्याली निकालेको थियो ।मागहरु यस प्रकार थिए ।

newskiran.com

newskiran.com

You May Also Like