आज वि.सं.२०८० साल माघ महिना १० गते बुधबारको राशिफल हेर्नुहोस्,

अ अ अ
आज वि.सं.२०८० साल माघ महिनाको १० गते बुधबार, पौष शुक्लपक्षको चतुर्दशी तिथि ।

मेष
पारीवारिक सदस्यहरुका बीचमा मिलन हुने छ । व्यक्तित्वमा दृढता आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत क्षेत्रमा भने द्वन्द र झैझगडाको वातावरण देखा पर्ने छ, संयमित रहनु नै उपयुक्त हुने छ । आम्दानीमा कमि आउने हुँदा आर्थिक तनाव उत्पन्न हुने छ । शेयर बजारबाट केही लाभ मिल्ने छ ।

वृष
पेशागत जीवनमा बादबिबादहरु उत्पन्न हुने र त्यसमा अनावश्यक रुपमा सहभागि हुने चुनौति देखिन्छ । मेहनत र पराक्रमी स्वाभावमा पनि कमि आउने छ । भाग्यको साथ नरहेकाले मेहनत धेरै गर्ने तर फल भने कम मात्र प्राप्त हुने छ । शेयर बजार औसत प्रकृतिको हुने छ ।

मिथुन
पेशागत जीवनमा प्रगतिका लाभ प्राप्त हुने छ । आम्दानीमा पनि बृद्धि हुन जाने छ । ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । जीवनसाथिको साथ लिएर काम गरेमा अझ प्रगतिको मात्रा बढ्ने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । शेयर क्षेत्र औसत खालको रहने छ ।

कर्कट
भाग्यको बलियो साथ रहेको छ । पेशागत जीवनमा प्रगति हुने छ । आफ्नो भूमिकाको अरुले कदर गर्ने छन् । आम्दानीमा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु देखा पर्ने छन् । आत्माबल उच्च हुने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

सिंह
बोली प्रभावकारी र मधुर हुने छ । पारीवारिक जीवनमा मिलन र खुशीपूर्ण वातावरणको सृजना हुने छ । पेशागत जीवनमा भने उतार चढावको सामना गर्नु पर्ने छ । आम्दानीमा आउने गिरावटले आर्थिक व्यवस्थापनमा तनाव बढाउने छ । शेयर बजार अनुकुल देखिन्छ ।

कन्या
दाम्पत्य जीवनमा पनि झैझगडाको अवस्था आउने छ । पेशागत जीवनमा द्वन्दको अवस्थाबाट गज्रनु पर्ने छ । आम्दानीमा पनि केही कमि आउन जाँदा आर्थिक दबाब सृजना हुने छ । मनमा दुविधा र धेरै विचारहरु समानान्तर रुपमा आउने हुँदा अन्योलता बढि नै सृजना हुने छ । शेयर बजार औसत खालको हुने छ ।

तुला
प्रभावकारी बोली हुने हुँदा अरुको विश्वास जित्न सकिने छ । आम्दानीमा हुने बृद्धिले गर्दा आर्थिक मजबुदि बढाई दिने छ । पेशागत जीवनमा उच्च करद प्राप्त हुने छ । अरुको विश्वास जित्न सक्ने भएकाले कार्य सफलता मिल्ने छ । साझेदारीका कामहरुमा भने समस्या देखिने छ । शेयर बजार सकारात्मक बन्ने छैन् ।

वृश्चिक
भाग्य बलियो भएकाले परिस्थिति अनुकुल बन्दै जाने देखिन्छ । परिवारको साथले गर्दा सुख, शान्तिको अनुभुति हुन जाने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसबाट जीवनको उर्जामा ह्रास आउने छ । शेयर बजार सकारात्मक रहने छ ।

धनु
पेशाप्रति समर्पित हुने र मेहनतका साथ काम गर्न मन लाग्ने छ । साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ । कमाउनु पर्छ भन्ने सोचमा तिब्रता आउने छ भने आम्दानीमा बृद्धि आउने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । शेयर बजार सकारात्मक रहने छ ।

मकर
भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । दृढतामा पनि बृद्धि हुने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । अध्ययन अध्यापन तथा बौद्धिक कार्यमा तिब्रता आउने छ । राखिएका लक्ष्यहरु पुरा हुन भने कठिनाई हुने भए तापनि निरन्तर प्रयासरत रहनु होला । शेयर बजार फलदायी रहने छैन् ।

कुम्भ
भाग्यको बलियो साथ रहेको छ । मनोबल उच्च हुने भएकाले दृढ प्रकृतिको ब्यक्तित्व हुने छ । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी पाइने छ । रिस भने अत्याधिक कडा खालको हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । साझेदारी फलदायी रहने छ । शेयर बजार औसत खालको रहने छ ।

मीन
मनमा निराशा भावले पिरोल्ने छ । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् । रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् भने साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । जसले गर्दा मनमा उदासिनता अझ बढाई दिने छ । शेयर बजार सकारात्मक रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०