खोकना रोपाइँमा झडप, तिन घाइते, आन्दोलन जारी


२० असार २०७७ काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारीका साथ पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न नदिएपछि स्थानीयले खनजोत गरी रोपाइँ गर्दा प्रहरी र किसानबीच शनिबार झडप भएको छ । स्थानीय किसानले विकासका नाममा जग्गा जमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको र सांस्कृतिक धरोहरमाथि अतिक्रमण गरेको भन्दै विरोध स्वरुप टयाक्टर लगाएर रोपाइँ थालेका थिए ।

बाजागाजासहित रोपाइँ गरिरहेका स्थानीय किसानलाई प्रहरीले रोक्न खोजेपछि उक्त क्षेत्रमा केहीबेर तनाव भएको थियो । स्थिति नियन्त्रणमा लिन थप टोली बोलाएर प्रहरी अगाडि बढ्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना प्रहरी समेत घाइते भएको बताइएको छ । ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्वस्त पार्न खोजेकाले स्थानीय किसानले जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलन जारी गरेको सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठले बताए ।

newskiran.com

newskiran.com

You May Also Like