श्रमजीवि पत्रकार ऐन लागू गर: आचार्य


१९ असार २०७७ काठमाडौं। शुक्रबार काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन्।श्रमजीवी पत्रकारहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाउँदै प्रदर्शन सभामा अध्यक्ष गोविन्द आचार्यले कुनै पनि ढङ्गले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताएका छन् । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडिया हाउसमा केन्द्रित हुने अवस्था छ ।

त्यस्तै महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा मिडिया सञ्चालकले श्रमिकलाई शोषण गर्न नपाउने बताउँदै उनले भने‘यदि सञ्चारलाई व्यवसाय वा उद्यम मान्ने हो भने नाफा हुँदा नाफा लिने र घाटा हुँदा ब्यहोर्न सक्ने सामर्थ्य राख्नुपर्छ ।’प्रेस संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले संचारगृहका मालिकहरुले कोरोनाको बहानामा बर्षौदेखि कमाएको मुनाफाबाट भएपनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिनुपर्ने राय दिएका छन् ।
प्रदर्शनमा विभिन्न संघ संगठनका प्रतिनिधिहरुले प्लेकार्ड र व्यानर सहित श्रमजीवी ऐन कार्यान्वयन गर्न, पत्रकारहरुलाई सेवाबाट नहटाउन, बेतलवी बिदामा बस्न बाध्न नपार्न आदि नारा घन्काएका थिए ।

newskiran.com

newskiran.com

You May Also Like