अनलाइन क्लासबाट शिक्षकलाई तलब:मल्ल


१९ असार २०७७ काठमाडौं । महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष के के मल्लले नगरका निजी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई अनलाइन क्लास बाट भएनी तलब खुवाउनु पर्ने बताएका छन्।केही दिन अघि सुरक्षा सामग्री थर्मोगन नगरका विद्यालयहरुलाई वितरण गरिएको पनि उनले बताएका छन्। शनिबार न्युजकिरण डटकम अनलाइनसँग कुराकानी गर्दै उनले अब थर्मोगन र पिसिआर टेष्ट गरेर विद्यालय खोल्ने तयारी भइरहेको बताएका छन्।गत चैत११ देखि लकडाउन भएपछि विद्यार्थीहरुको शैक्षिक हक गुमेको भन्दै उनले त्यो अधिकार पुनरावृतिमा प्याब्सन लागिरहेको बताए ।हिसानका सचिव र महालक्ष्मी नगर प्रमुख रामेश्वर श्रेष्ठको उपस्थितिमा हालै नगरका विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री वितरण पहिलो चरणमा भइसकेको पनि उनले बताए ।

नगरका अधिकांश शिक्षक शिक्षिकाहरुको तलब ढिलाइ हुनुमा सरकारको तर्फबाट निर्णय ढिलो गरेकाले हो ।सरकारले विद्यार्थीको फिस उठाउन नपाउने निर्णय गरेसँगै शिक्षक शिक्षिकालाई तलब खुवाउन गाह्रो परेको पनि उनले बताए ।कोठाभाडा तिर्न र खान पुग्ने मात्रै भएनी पेश्की वा तलब खुवाउन अनलाइन क्लास चलाएको उनले बताए । अभिभावक सँग छलफल गरेर अब चाँडै आफ्ना नगरका विद्यालयहरु खोल्ने प्रयास नगर प्याब्सनको रहेको एक कुराकानीमा क्रममा बताए ।तर, सरकारले कि विद्यालय कि शिक्षकलाई हेर्नुपर्यो ? हाम्रा शिक्षक शिक्षिका बेतलबी हुँदा कहाँबाट ल्याएर कोठाभाडा तिर्छन् र के खान्छन् उनको प्रश्न थियो ।

newskiran.com

newskiran.com

You May Also Like