तलब नदिएको भन्दै इष्टुले निकाल्यो देशैभर ध्यानाकर्षण र्याली

१८ असार २०७७ काठमाडौं ।गत चैतबाट सुरु भएको लकडाउनका कारण तलब निकासा नभएको र पेशागत हकहितमा राज्यबाटै अपहेलित हुनु परेको भन्दै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले शुक्रबार देशैभर सडक प्रदर्शन गरेको छ । स्कुलका संस्थापकहरूले तलब नदिने र राज्यबाट पनि कुनै सहुलियत नपाएको आरोप लगाउँदै इस्टुले देशव्यापी प्रदर्शन गरेको हो ।उनीहरुले राजधानीको माइतीघर मण्डलामा सयौँको सङ्ख्यामा शिक्षक कर्मचारी उपस्थिति भई वानेश्वरसम्म नाराजुलुस सहित वानेश्वरमा पुगेर कोणसभा गरेका थिए ।कोण सभालाई नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा, नेपाल शिक्षक महासंघका सचिव झम्क चौलागाईं, संस्थागत विद्यालय अभिभावक संघका केन्द्रीय अध्यक्ष सुवास भण्डारी, इस्टुका अध्यक्ष होमकुमार थापा लगायतका सम्बोधन गरेका थिए ।

सम्बोधनमा सबैको एकै स्वर थियो मौखिक बर्खास्ती तुरुन्त रोक र शिक्षक कर्मचारीलाई शीघ्र तलब उपलब्ध गराउ? सयौंको संख्यामा प्लेकार्ड र नाराजुलुस सहित निकालिएको जुलुसमा सुरक्षा कर्मीले सामाजिक दुरी कायम राख्न मद्दत गरेको ललितपुर इष्टुका अध्यक्ष सुरेन्द्र मिश्रले न्युजकिरण डटकम अनलाइनलाई जानकारी दिए । इष्टुले केहि दिन अघि कांग्रेस नेता गगन थापा र नेकपाकी नेतृ पम्फा भुसाल सँग समस्याबारे सुल्झाएको थियो भने असार बाह्र गते अनुरोध पत्र समेत सार्वजनिक गरेको थियो ।

त्यसैगरी पूर्वमा झापा जिल्लाले पाँच सयभन्दा बढी शिक्षक कर्मचारीको बृहत् ¥यालीसहित कोणसभा गरेको छ भने मोरङमा विशाल विरोध प्रदर्शन, सुनसरी, उदयपुर, इलाम, धनकुटामा पनि शुक्रबारै सडक प्रदर्शन गरेको छ ।त्यस्तै प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, पर्सा, रौतहट, मकवानपुर, चितवन, धादिङ, काभ्रे, सिन्धुपाल्चोक,कास्कीको पोखरा, रुपन्देही, बाँके, कैलाली, दाङ, नवलपरासी, धनगढी लगायत जिल्लामा इस्टुले शान्तिपूर्ण ¥याली निकालेको छ ।

इष्टुको हालै सम्पन्न राष्ट्रिय समितिको बैठ्कमा सार्वजनिक गरिएको आकडाअनुसार ५० प्रतिशत विद्यालयले तलब दिएका छैनन् ।अझ उल्टै लिटिल एन्जल्स, जेम्स, वृहस्पति, ज्ञनोदय जस्ता विद्यालयले लकडाउनको मौका छोपी शिक्षक कर्मचारीलाई मौखिक बर्खास्ती गरेको केन्द्रीय उपाध्यक्ष देवीदत्त पौडेलले बताए । त्यसैले पनि विद्यालय संचालकलाई झकझल्याउन इस्टु सडकमा आएको हो।“पहिलो चरणको कार्यक्रम समापन गर्दै इष्टु अध्यक्ष होमकुमार थापाले भने यसको समीक्षा गरी दोस्रो चरणको आन्दोलन थप सशक्त बनाउदै छौँ ।”

newskiran.com

newskiran.com

You May Also Like