१८ असार २०७७ विहीबारको राशिफल


मेष
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।

वृष
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । विपरित वर्ग प्रति आकर्षण बढ्ने छ ।

मिथुन
पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कर्कट
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ‌। मित्र वा आफन्तको सहयोग मिल्ने छ ।तीर्थाटनको योग रहेको छ ।

सिंह
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कन्या

नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन्।मान मयार्दामा वृद्धि होला । धर्म कर्ममा मन लाग्ने छ ।

तुला
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु
आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउन सक्छ ।

वृश्चिक
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ ।नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्ने छ । आर्थिक कारोबारमा सफलता पाइएला ।

कुम्भ
शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ ।

मकर
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मीन
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोगपनि मिल्नेछ ।

newskiran.com

newskiran.com

You May Also Like