लकडाउनले बोर्डिङका शिक्षक भोकै

१८ असार २०७७ काठमाडौं ।कोरोना भाइरस संक्रमणबाट बच्न हतारमा गरिएको लकडाउनले सबैभन्दा मार बोर्डिङ स्कुल र कलेजमा परेको छ । बोर्डिङ स्कुल कलेजका शिक्षक शिक्षिका ले गत माग महिना देखि नै आफू कार्यरत स्कुल कलेजबाट तलब नपाउँदा भोकभोकै मर्नु पर्ने अवस्थामा पुग्न थालेका छन् ।हालै उनीहरुको पेशागत संगठन इष्टुको राष्ट्रिय समितिको बैठ्कले ६ महिना देखि तलब नपाएको भन्दै जुम मिटिङ गरेको थियो । मिटिङ्को निर्णय अनुसार तलब निकासा गर्नु पर्ने,पेशागत सुनिश्चितता हुनुपर्ने माग सहित शुक्रबार दिउँसो २:३० मा माइतीघरमा सडक प्रदर्शन गर्ने निर्णय भएको इष्टुका केन्द्रीय अध्यक्ष होमकुमार थापाले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए ।

उनले स्कुलले शिक्षक शिक्षिकालाई माघ महिना देखि तलब नदिएको कोठाभाडा तिर्न र खानमा नै धौ धौ परेको बताए । नभनूँ समस्या भनूँ इज्जत जाने डरले शिक्षक शिक्षिका छ महिना गुपचुपमै रहे ।कतिलाई कोठाभाडा नतिरेकाले घरबेटीले घरबाट निकाल्ने धम्की दिएका छन् ।त्यसो त कतिपय घर हुनेहरुलाई पनि घरको किस्ता ऋण तिर्न नसक्ने समस्या र घरभाडा नउठेकाले आम्दानीको ढोका बन्द छ ।इमाडोलमा एक न्यौपाने थरका घरधनीले भने हामी अब शिक्षक लाई कोठामा राख्दैनौं।उनले बच्चाले फिस नतिरे स्कुलले तलब नदिने तलब नपाएपछि यस्तै अवस्था रहे के घरबाट ल्याएर तिर्छन् ले ?अहिले घरधनीहरुका घरमा प्रायः मान्छे भन्दा सामान बन्धित कोठा मात्रै छन् । महिनैपिच्छे भाडा थापेर गुजारा स्तर चलाएका उनीहरुले सरकारलाई कर पनि बुझाइरहेछन् वा घर नै दर्ता छ छैनन् र बुझाउन बाँकि छ ? आम्दानी नभएपछि अभिभावकले फिस नतिर्ने,फिस नतिरे शिक्षकले तलब नपाउने,तलब नपाएपछि कोठाभाडा नतिर्ने,कोठाभाडा नतिरेपछि घरधनीले कि हटाउने कि सरकारलाई करै नतिर्ने समस्या सर्वत्र फैलिइरहेको छ ।

newskiran.com

newskiran.com

You May Also Like