स्वास्थ्य र सुरक्षा कर्मीले तलब भत्ता नपाएको गुनासो

१६ असार २०७७ काठमाडौं ।कोरोना भाइरस रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीले तीन महिना बित्दा पनि सरकारले घोषणा गरेको जोखिम तलब भत्ता नपाएको गुनासो आउन थालेको छ ।केहि स्वाथ्य कर्मी भने आइतबार माइतीघर सडक आन्दोलनमा समेत उत्रिएका छन्।उनीहरुले अर्थ मन्त्रालयले भत्ताका लागि बजेट निकासा गरेको छैन् भन्ने थाहा पाएर आइतबार माइतीघरमा प्रदर्शन समेत गरेका छन् । गत चैतको दोस्रो साता स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन कामको प्रकृतिअनुसार चार तहमा विभाजन गरी भत्ता दिने निर्णय सरकारले गरेको थियो । त्यस्तै न्यूनतम तलबको शतप्रतिशत, ७५ प्रतिशत, ५० प्रतिशत र दैनिक तीन सय रुपैयाँ खाजा खर्च दिने निर्णय पनि भएको थियो ।
नेपाल प्रहरीले ५० हजार र सशस्त्र प्रहरीले २६ हजार जनशक्तिका लागि भत्ता माग गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीले ९ चैतदेखि २० जेठसम्मका लागि एक अर्ब ३४ करोड र सशस्त्रले ८६ करोड मागेको छ । नेपाली सेनाले पनि २४ हजार जनशक्ति खटिएको भन्दै त्यहीअनुसार भत्ताको माग गरेको छ ।स्रोतका अनुसार स्वास्थ्यकर्मीको भत्तामा मात्र मासिक एक अर्ब खर्च हुने देखिएको छ । देशैभर संक्रमण फैलिएकाले ७७ जिल्लाकै कर्मचारीले जोखिम भत्ताको माग गरेका छन् । स्वास्थ्य मन्त्रालयमातहत करिब २९ हजार कर्मचारी छन् । यद्यपि, कसकसलाई भत्ता दिने भन्नेमा निर्णय नै भइ नसकेकाले मन्त्रालयले बजेट माग गरिसकेको छैन ।

प्रवक्ता जागेश्वर गौतमका अनुसार कार्यविधिमा कतिपय कुरा छुटेपछि संशोधन गर्न लागिएको छ । कार्यविधि संशोधन गरेपछि भत्ता प्रक्रिया अघि बढाइने उनले बताए ।मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ जारी भएको थियो । जसमा चिकित्सक, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मी, इमेजिङ सेवाप्रदायक, एम्बुलेन्सचालक र सहायक, सुरक्षाकर्मी, सरसफाइमा संलग्न कर्मचारी, प्रशासनिक तथा अन्य कर्मचारीले पनि भत्ता पाउने व्यवस्था गरिएको थियो ।

आइसोलेसनमा रहेकाको उपचार, नमुना संकलन र प्रयोगशालामा प्रत्यक्षमा खटिएका स्वास्थ्यकर्मी तथा संक्रमितलाई ‘रिसिभिङ’ गर्ने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने व्यवस्था छ । आइसोलेसनमा बिरामीको उपचारमा अप्रत्यक्ष रूपमा खटिएका तथा इमेजिङ सेवाका कर्मचारीलाई ७५ प्रतिशत तथा हेल्थ डेस्कमा कार्यरत र नमुना ओसारपसारमा संलग्नलाई ५० प्रतिशत भत्ता तोकिएको खबर नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like