१५ असार २०७७ काठमाडौं ।एमसीसी सम्झौता खारेज हुनुपर्ने माग राख्दै देशभर प्रदर्शन गरेको नेकपा क्रान्तिकारी माअाेवादी ले ललितपुरको मंगलबजारमा सोमबार भव्य कोणसभा गरेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत पाटनको कृष्ण मन्दिरसँगै जोडिएको दरबार परिसरमा ललितपुर जिल्लापार्टीले भव्य प्रदर्शन गरेको हो ।कोणसभालाई ललितपुर जिल्ला पार्टीका सचिव दिपक र क्रान्तिकारी ट्रेड युनियन महासंघ ३ नं प्रदेश संयोजक अर्जुन लाल अनि विद्यार्थीका ललितपुर जिल्ला संयोजक हिक्मत महराले सम्बोधन गरेका थिए । लगनखेलबाट मंगलबजार तिर लागेको जुलुसलाई पाटन दरबार पुगेपछि झरीले अवरोध पुर्याएकाले दरबारमै कोणसभा गरिएको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज गोविन्द पौडेलले बताए ।विभिन्न प्लेकार्ड र नारा जुलुस सहित निस्केको प्रदर्शनमा जिल्ला पार्टी सदस्य तथा जनवर्गीय संगठनका जिल्ला संयोजकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम देजमोकी केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला अध्यक्ष इन्दिरा अधिकारीले संचालन गरेकी थिइन्।